शीर्ष नेतृत्वले नै पार्टी फुटाउन लागेको भन्दै बदनाम गरियो : जनार्दन शर्मा
नेपालबहस संवाददाता
भदौ १, २०८१ शनिबार १९:४६:०
१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूलाई शीर्ष नेतृत्वले नै पार्टी फुटाउन लागेको भन्दै बदनाम गराइएको बताएका छन् । शनिबार रुकुम–पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डकै अगाडि आफूलाई पार्टीको उच्च तह र नेतृत्वले बदनाम गराएको बताएका हुन् ।
उपमहासचिव शर्माले कार्यकर्तालाई के आफू दलाल जस्तो देखिन्छु ? के म पार्टी फुटाउने जस्तो देखिन्छु ? भन्दै प्रश्न गरेका थिए । उनले पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरीबाट आफूले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिएको आरोप लगाए ।
उनले भने- 'आज म बडो आश्चर्यमा छु म । तपाईँहरूलाई मेरो अनुहार कस्तो लाग्छ कुन्नी ? तपाईँहरुले मलाई दलालजस्तो देख्नुहुन्छ ? भन्नुस्– म दलालजस्तो छु ? म यो पार्टी फोर्ने जस्तो देख्नुहुन्छ तपाईँहरूले ? तर, त्यो आरोप आज मैले खेपिरहेको छ । पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरीबाट पार्टी फुटाउँदैछ भनेर मेरो बदनाम गरिएको छ ।'
शर्माले अहिले पार्टीभित्र संघर्ष र प्रश्न गर्नुपर्ने आवश्यकता ठानेर नै आफूले प्रश्न गरेको बताउँदै आफूले गरेको प्रश्नभित्र कुनै षड्यन्त्र, दु्राग्रह र नेतृत्वप्रतिको अपमानको कुनै गुञ्जायस नै नरहेको स्पष्ट गरेका थिए ।
शर्मापछि बोलेका अध्यक्ष प्रचण्डले आफू र जनार्दन शर्माबीचको अहिलेको विवाद सहजै सल्टिने बताउँदै यो पार्टीको राम्रोको लागि भएको व्याख्या गरेका छन् । उनले विगतमा पनि शर्मासँग आफ्नो विवाद भएको बताउँदै अहिलेसम्म सहज रुपमा नै समाधान गर्दै आएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार