बंगलादेशको हिंसामा ६५० जनाको मृत्यु भएको राष्ट्रसंघको दाबी
नेपालबहस संवाददाता
भदौ १, २०८१ शनिबार २०:२२:११
१ भदौ, काठमाडौं । संयुक्त राष्ट्र मानवअधिकार कार्यालयले बङ्गलादेशमा हालै भएको हिंसामा करिब ६५० जनाको मृत्यु भएको दाबी गरेको छ । संयुक्त राष्ट्रसंघले न्यायिक हिरासतमा भएका हिंसा, गिरफ्तारी र मृत्युका घटनाको निष्पक्ष र पारदर्शी ढंगले अनुसन्धान हुनुपर्ने बताउँदै हिंसामा ६५० जनाको मृत्यु भएको उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसंघले बङ्गलादेशमा भएको हिंसाबारे १० पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको छ । रिपोर्टका अनुसार जुलाई १६ देखि अगस्त ४ सम्मको हिंसामा झण्डै ४ सय जनाको मृत्यु भएको थियो । ५-६ अगस्तमा भएको हिंसामा करिब २५० जनाको ज्यान गएको रिपोर्टमा उल्लेख छ ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले शुक्रबार जेनेभामा यो प्रतिवेदन सार्वजनिक गरेको हो । रिपोर्टका अनुसार मृत्यु हुनेमा प्रदर्शनकारी, दर्शक, पत्रकार र विभिन्न बलका सुरक्षाकर्मी रहेका छन् । हिंसामा हजारौं मानिस घाइते समेत भएका छन् ।
धेरै क्षेत्रमा कर्फ्यू लगाइएका कारण जानकारी सङ्कलन गर्न कठिनाइ भएकोले मृत्यु हुनेको सङ्ख्या अझ बढी हुन सक्ने संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ । सरकारले अस्पताललाई जानकारी दिन पनि रोकेको रिपोर्टमा उल्लेख छ । बंगलादेशमा गत जुनमा आरक्षणको विरोधमा प्रदर्शन सुरु भएको थियो। आन्दोलनका क्रममा सुरक्षाकर्मीले मानवअधिकार उल्लङ्घन गरेको आरोप पनि लागेको थियो ।
प्रतिवेदनमा धार्मिक अल्पसंख्यकहरू विरुद्ध लुटपाट, तोडफोड र आगजनीका घटनाहरू पनि भएका छन् । प्रतिवेदनले बङ्गलादेशमा द्रुत रूपमा कानून र व्यवस्था पुनःस्थापना गर्न आवश्यक रहेको बताएको छ भने हिंसाका दोषीहरूलाई जवाफदेहीता निर्धारण गर्न आवश्यक रहेको उल्लेख गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार