पूर्वीय संस्कार र संस्कृतिको महत्त्व बुझाउनु आवश्यक छ : सभामुख घिमिरे
नेपालबहस संवाददाता
भदौ १, २०८१ शनिबार २०:५६:३४
१ भदौ, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीय संस्कार र संस्कृतिको महत्त्व नयाँ पुस्तालाई बुझाउनुपर्ने आवश्यकता औंल्याएका छन् । होमप्रसाद आचार्यद्वारा लिखित ‘वृहत् कर्मकाण्ड प्रदीप’ नामक पुस्तक आज लोकार्पण गर्दै उनले हाम्रो संस्कार बुझ्न सक्ने गरी पुस्तक प्रकाशनमा ल्याउनुपर्ने बताए ।
“यो पुस्तकको अन्य सँस्करणमा नेपाली र अङ्ग्रेजीमा पनि सकिन्छ भने ल्याउँदा सबैले सहजै बुझ्न सक्नेछन्,” उनले भने, “हामीले आफ्ना वेदका महत्त्वसँगै संस्कृति र सँस्कारका पक्षलाई नयाँ पुस्तालाई प्रस्ट्याउनु पर्छ । नत्र उनीहरूले सतही ज्ञान मात्र लिइरहेका हुनेछन् ।”
सभामुख घिमिरेले ७० वर्षको उमेरमा पनि आचार्यले प्रविधिको प्रयोग गरेर पुस्तक लेख्नुले अन्यलाई पनि ऊर्जा मिल्नेमा जोड दिए । लेखक आचार्यले शास्त्र र वेदमा उल्लेख गरिएको विषयलाई सबैले बुझ्नेगरी पुस्तकमा ल्याएको बताए । उनले भने, “वेदको सिद्धान्त र दर्शनलाई बुझ्ने गरी यो पुस्तक तयार गरेको छु । हामीले कसरी कर्म गर्नुपर्छ भन्ने यसमा उल्लेख गरिएको छ । त्यसकारण यो सबैका लागि उपयोगी हुनेमा विश्वस्त छु ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार