परराष्ट्रमन्त्री डा. राणा आज भारत भ्रमणमा जाँदै
नेपालबहस संवाददाता
भदौ २, २०८१ आइतबार ७:४०:४८
२ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत भ्रमणमा जाँदै छिन् । २२ अगस्तसम्म हुने उनको भारत भ्रमण परराष्ट्रमन्त्री बनेपछिको पहिलो विदेश भ्रमण हो । भारतका विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनले यो औपचारिक भ्रमण गर्न लागेकी हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री डा. राणाले भारतका विदेशमन्त्री डा जयशंकरसँग भेटवार्ता गरी नेपाल–भारत सम्बन्धलाई थप सुमधुर बनाउन र सहयोग अभिवृद्धिमा पारस्परिक हितका विषयमा छलफल गर्ने छिन् ।
साथै यस भ्रमणले नेपाल र भारतबीचको उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको एक हिस्साको रूपमा सदियौंदेखिको पुरानो, गहिरो र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनको भ्रमणको क्रममा अन्य उच्चस्तरीय भेटवार्ता समेत हुने बताइएको छ । उनी भ्रमण पुरा गरि बिहिबार स्वदेश फर्किने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार