साउनमा राजश्व: खर्चभन्दा दोब्बर, लक्ष्यभन्दा २६ अर्ब कम
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ २, २०८१ आइतबार १०:३४:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/Tax-rajaswo_39x2v2I4Nl_e1MKskwgNI.jpg)
२ भदौ, काठमाडौं । साउनमा सरकारी खर्चको अनुपातभन्दा राजश्व बढी उठेपनि बजेटमा राखिएको लक्ष्यभन्दा कम उठेको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारी बजेट खर्चभन्दा राजस्व संकलन बढी छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख बजेट खर्च भएको अवस्थामा आम्दानी भने ९६ अर्ब ९५ करोड ७१ लाख बराबर देखिएको छ ।
यता, साउनमा १ खर्ब २० अर्ब ५१ करोड राजस्व संकलन गर्ने सरकारको लक्ष्य रहेपनि ९४ अर्ब ७४ करोड मात्र उठेको छ । साउनमा ९४ अर्ब ७४ करोड राजस्व संकलन गरेको छ । यो सरकारको वार्षिक लक्ष्यको ६.६८ प्रतिशत हो । तर, सरकार आफैंले तय गरेको साउनको राजस्व संकलनको लक्ष्यभन्दा करिब २५ अर्ब ७७ करोड ३१ लाख अर्थात २१.३९ प्रतिशत कम हो ।
एक महिनामा चालुतर्फ १२ अर्ब ३८ करोड २२ लाख अर्थात् वार्षिक लक्ष्यको एक दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ आठ अर्ब ५५ करोड ४८ लाख अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४३ प्रतिशत बराबर छ । पुँजीगततर्फ वार्षिक लक्ष्यको पाँच दशमलव २५ प्रतिशत अर्थात् १९ अर्ब २७ करोड छ लाख बराबर खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख र वित्तीय व्यवस्थातर्फ रु तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो महिना सरकारले वैदेशिक अनुदान लिएको छैन । साउन महिनाको कुल संकलित राजस्वमध्ये कर राजस्व रु ७७ अर्ब ४१ करोड २७ लाख र गैरकर राजस्व रु १७ अर्ब ३३ करोड छ । साउनमा १ खर्ब २० अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गर्ने सरकारको लक्ष्य थियो । गत आर्थिक वर्षको साउनमा सरकारले ९९ अर्ब ५७ करोड २५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ७८ अर्ब ८७ करोड ४१ लाख अथवा ७९.२१ प्रतिशत राजस्व उठेको थियो ।
महालेखाका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा ८ अर्ब ५५ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ । यो वार्षिक लक्ष्यको २.४३ प्रतिशत हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी हो । ०८० साउनमा सरकारले ८२ करोड ३१ लाख रुपैयाँ अथवा वार्षिक लक्ष्यको ०.२७ प्रतिशत पुँजीगत खर्च गरेको थियो । गत साउनमा वार्षिक लक्ष्यको १.०९ प्रतिशत अथवा १२ अर्ब ३८ करोड २२ लाख रुपैयाँ चालु खर्च भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च १२ अर्ब १३ करोड ५८ लाख अथवा लक्ष्यको १.०६ प्रतिशत थियो ।
यस आर्थिक वर्ष सरकारले राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ स्रोत जुटाउने लक्ष्य तय गरेको छ । स्रोत अपुग हुने ५ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँ ऋणमार्फत जुटाउने सरकारको योजना छ । यसअनुसार वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड र आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब जुटाउने सरकारको लक्ष्य छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट राजश्व संकलनमा सुधार
फागुन ३, २०८१ शनिबार
यातायात कार्यालय जुम्लाद्वारा छ महिनामा ६७ लाख राजस्व सङ्कलन
माघ २०, २०८१ आइतबार
भारत र चीनका लगानीकर्ताले चलाएका १० कम्पनीको २० करोड कर उठाउन राजश्वमा पत्राचार
माघ १४, २०८१ सोमबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
उत्तरी गोरखाको नुब्री भ्यालीमा भारी हिमपात, टेलिफोन र इन्टरनेट सेवामा समस्या
फागुन ५, २०८१ सोमबार
ताइवानको सीमा नजिक २४ चिनियाँ सैन्य लडाकु विमान
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष
फागुन ५, २०८१ सोमबार
चन्द्रागिरि नगपालिकाले गरेका असल अभ्यास अनुकरणीय छन् : विश्व बैंक निर्देशक भर्गीस
फागुन ५, २०८१ सोमबार