गौरमा अत्याधुनिक पशु तथा कृषि प्रयोगशालाको शिलान्यास
नेपालबहस संवाददाता
भदौ २, २०८१ आइतबार ११:४०:५७
♦ सञ्जय मिश्रा
१ भदौ, रौतहट । रौतहटको सदरमुकाम गौरमा आधुनिक पशु तथा कृषि प्रयोगशाला भवन निर्माण सुरु भएको छ। गौरका मेयर शम्भु साहको पहलमा निर्माण सुरु भएको भवनको शुक्रवार विधिवत् रूपमा शिलान्यास गरिएको थियो ।
गौर १ तरकारी बजार स्थित स्वास्थ्य कार्यालय छेउमै कृषि तथा पशु सेवा केन्द्र भवन निर्माण भइरहेको छ। अगामी २०८२ साल वैशाख मसान्त भित्र भवनको निर्माण कार्य सम्पन्न हुने लक्ष्य रहेको मेयर साहले बताएका छन् । भवन निर्माणपछि स्थानीय स्तरमै माटो परीक्षण, पोखरीको पानी परीक्षण, विभिन्न प्रकारको बिउ, यार्ला तथा फलफूलमा लाग्ने रोग किराको परीक्षण, मलखाद्य परीक्षण हुने छ ।
त्यस्तै पशु प्रयोगशाला तर्फ गोबर परीक्षण, पशुको रगत तथा पिसाब परीक्षण, पशुको अपरेसन, कृत्रिम गर्भधारण, पशुको अल्ट्रासाउण्ड, एक्स्रे लगायतका सुविधा सम्पन्न प्रयोगशाला निर्माण गरिने मेयर साहले जानकारी दिएका छन्। संघीय सरकारको कुल २ करोड,३० लाख ४० हजारको लागतमा निर्माण भइरहेको भवनको ठेक्का सिएम कन्ष्ट्रक्सन जोरपाटी काठमाडौंले लिएको छ।
भवनको भुईँ तल्लामा कृषि र पशुको दुई वटा ल्याब, पहिलो तल्लामा ५० जना अटाउने सेमिनार हल , दोस्रो तल्लामा गेष्ट हाउस रहने जनाइएको छ। प्रयोगशाला निर्माण पछि स्थानीय किसानहरूका साथै जिल्लाभरीका किसानलाई सेवा सुविधाहरु उपलब्ध गराउने योजना रहेको गौर नगरपालिकाले जनाएको छ।
गौर नगरपालिकामा मेयरको जिम्मेवारी पाइदेखिनै शम्भु साह जनमुखी काम गर्दै आएका छन्। उनले शिक्षा स्वास्थ्यका साथै भौतिक पूर्वाधार विकासमा पनि जोड दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार