कांग्रेसका १२ जना मन्त्रीसँग देउवाको ५ घण्टा छलफल, पार्टीको निर्देशन विपरित जान नपाइने

नेपालबहस संवाददाता
भदौ २, २०८१ आइतबार १३:१०:५७

२ भदौं, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुले कांग्रेसका तर्फबाट ओली सरकारमा गएका १२ जना मन्त्रीसँग शनिबार छलफल गरेका छन् । केन्द्रीय समितिको बैठकमा उठेका विषयहरुलाई केन्द्रमा राखेर मन्त्रीसँग छलफल गरिएको एक नेताले नेपालबहसलाई जानकारी दिए । पार्टी र सरकारकाबीच कसरी समन्वयलको भूमिका बनाउने भन्नेबारे बैठकमा ब्रिफिङ भएको थियो ।
ती नेताका अनुसार अबदेखि पार्टीबाट मन्त्री बनेकाहरुसँग महिनाको दुईपटक सभापति देउवासहितका नेताहरुले कामका विषय छलफल गर्नेछन् । उनीहरुलाई सरकारमा कांग्रेस सहभागी भएपछि शनिबार पहिलोपटक छलफल गर्न भन्दै सभापति देउवाले बोलाएका थिए । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार साँझ ५ पुगेका मन्त्रीहरु राति १० बजेपछि फकिएका थिए ।
बैठकमा दुई उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा लगायतका नेता सहभागी भएको उनले बताए । बोलावट आएपछि देउवा निवासमा कांग्रेसबाट मन्त्री र राज्यमन्त्री सबै पुगेका थिए । पार्टी र मन्त्रीहरुको समन्वय बढाउनका लागि छलफल भएको ती नेताको भनाइ छ । ती मन्त्रीहरुले अबदेखि पार्टीसँग समन्वय नगरी कुनै काम अगाडी बढाउन पाउने छैनन् । मन्त्रीले पार्टीसँग समन्वय नगरी गरेका काम प्रभावकारी नहुने भन्दै सल्लाह लिएर मात्र गर्न भनिएको हो ।
देउवा निवासमा उपप्रधानसहित सहरी विकास प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का र वन तथा वातावरण ऐनबहादुर शाहीले पाँच घण्टा विताएका थिए ।
हरेक १५ दिनमा एकपटक पार्टी र मन्त्रीको छलफल गर्ने निर्णय भएको छ । कांग्रेसको केन्द्रीय समितिको बैठक भदौ ७ गतेदखि पुःन सुरु हुँदैछ । यसअघिको बैठकमा ४१ बुँदे निर्देशन पनि तयार पारिएको थियो । कांग्रेसका जनप्रतिनिधिहरुका लागि तयार पारिएका ४१ निर्देशन अब बस्ने बैठकले पारित गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
फागुन ८, २०८१ बिहिबार
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष प्रचण्ड
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
पोखरा महानगरका मेयर आचार्य डिस्चार्ज
फागुन ८, २०८१ बिहिबार
रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
फागुन ८, २०८१ बिहिबार
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष प्रचण्ड
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः यी क्षेत्रमा वर्षा र हिमपात हुने
फागुन ९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर