रायामा अवरुद्ध टेलिफोन सेवा शनिबारदेखि सञ्चालनमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ २, २०८१ आइतबार १४:१०:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/nepal-telecom_1I2fKVrqPP_YJKKjscCup.jpg)
सिमकोट 'हुम्ला' - यहाँको खार्पुनाथ गाउँपालिका–३ रायामा अवरुद्ध नेपाल टेलिकमको टेलिफोन सेवा शनिबारदेखि सञ्चालनमा आएको छ । रायाको ठानकोटस्थित टावरले काम नगरेको एक महिनाभन्दा बढी भएको थियो ।
उक्त स्थानको टावर मर्मतका लागि नेपाल टेलिकम हुम्लाले प्राविधिक उब्जन शाहीलाई शुक्रबार पठाएको थियो । प्राविधिक शाही शुक्रबार पुगेर मर्मत गरेपछि शनिबार दिउँसोदेखि सञ्चालनमा आएको टेलिकम शाखा हुम्लाका निमित्त प्रमुख रिन्जीन लामाले जानकारी दिए । मर्मतपश्चात् रायालगायत खार्पुनाथ गाउँपालिकाको चारवटा वडा र आसपासका क्षेत्रमा टेलिफोन सञ्चालन भएको निमित्त प्रमुख लामाले बताए ।
प्राविधिक शाहीका अनुसार रायाको थानकोटस्थित टावरमा विद्युत् क्षमता अपुग हुँदा सेवा अवरुद्ध भएको थियो । ‘पावर ब्याकअप’ नपुगेका कारण टेलिफोन सेवा अवरुद्ध भएको उनको भनाइ छ । धेरै वर्ष पुराना सोलार भएकाले बेलाबेलामा टेलिफोन सेवा अवरुद्ध हुँदै आएको छ । सेवा अवरुद्ध भएका चारवटा वडामा दुई हजारभन्दा बढी सेवाग्राही छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
पुष १, २०८१ सोमबार
दुई हुलाक टिकटमा टाँचा प्रदान
पुष १, २०८१ सोमबार
इन्स्टाग्राममा आउँदैछ नयाँ एआई फिचर, यसरी काम गर्नेछ
मंसिर २१, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार