साढे १४ खर्ब रेमिट्यान्स, शोधान्तर ५ खर्ब २ अर्बले बचतमा
नेपालबहस संवाददाता
भदौ २, २०८१ आइतबार १४:४१:५६
२ भदौ, काठमाडौं । एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय स्थिति अनुसार आव २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा १६.५ प्रतिशत धेरै हो ।
अमेरिकी डलरमा रेमिट्यान्स यस वर्ष १० अर्ब ८६ करोड भित्रिएको छ । यो गत आवको तुलनामा १४.५ प्रतिशत धेरै हो । अघिल्लो आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशत धेरै भित्रिएको थियो । एक वर्षमा नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ६० हजार १०३ रहेको छ । यस अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका थिए ।
एक वर्षको अवधिमा विदेशी मुद्राको सञ्चिति ३०.४ प्रतिशतले बढ्दा वाह्य क्षेत्र बलियो भएको हो । शोधान्तर स्थित ५ खर्ब २ अर्बले बचतमा हुनुको साथैं चालु खाताको बचत समेत नितन्तर बढ्दा समग्र विदेशी मुद्राको सञ्चिति बढेको हो । तथ्यांक अनुसार एक वर्षको अवधीमा विदेशी मुद्राको सञ्चिति बढेर १५ अर्ब २४ करोड डलर पुगेको हो ।
गत वर्ष असार मसान्तमा विदेशी मुद्राको सञ्चिति ११ अर्ब ७१ करोड डलर थियो । हाल कायम रहेको विदेशी मुद्राको सञ्चितिले गत वर्षको आयातका आधारमा १३ महिनाको बस्तु तथा सेवा आयात गर्न पुग्नेछ । गत वर्ष १.२ प्रतिशतले आयात घटेको अवस्थामा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले वृद्धि हुँदा समग्र वाह्य क्षेत्रमा ठूलो सुधार देखिएको हो । सरकार र नियामक निकायको मेहनतपूर्ण प्रयास भन्दा पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्चदरमा बढ्दा समग्र वाह्य क्षेत्रमा सुधार देखिएको हो ।
वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दा एक तर्फ आन्तरिक खपत घटेको छ भने अर्को तर्फ रेमिट्यान्स आप्रवाहमा सुधार भएको छ । यस्तै, अर्कोतर्फ उपभोग घट्दा आयातमा गिरावट आएको छ । गत आर्थिक वर्षमा नेपालले १५ खर्ब ९२ अर्ब रुपैयाँको आयात गर्दा १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको आयात गरेको थियो । अघिल्लो वर्ष नेपालले १६ खर्ब १० अर्ब रुपैयाँ बराबरको आयात गर्दा १ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको थियो ।
यस्तै, गत आर्थिक वर्षमा १४ खर्ब ४५ अर्ब रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा गत वर्ष १० अर्ब ८६ करोड डलर रेमिट्यान्स आएको राष्ट्र बैंकले प्रकाशति गरेको तथ्यांकमा उल्लेख छ । रेमिट्यान्स आप्रवाहमा भएको सुधार र आयातमा आएको गिरावटले गत वर्ष चालु खाता २ खर्ब २१ अर्ब रुपैयाँले बचतमा गएको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष चालु खाता ४६ अर्ब ५७ करोड रुपैयाँले बचतमा थियो ।
रेमिट्यान्स आय, निर्यात तथा अन्य चालु प्रकृतिको आम्दानीले आयात धान्न पुग्दा चालु खाता बचतमा गएको हो । चालु खाता बचतमा हुँदा शोधानान्तर स्थिति (नेपालमा भित्रिने र बाहिरिने विदेशी मुद्राको अन्तर) ५ खर्ब २ अर्ब रुपैयाँले बचतमा छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३ प्रतिशतले बढेको तथा निजी क्षेत्रमा जाने कर्जा ५.८ प्रतिशतले बढेको तथ्यांकले समग्र बैंकिङ क्षेत्रमा ठूलो सुधार नभएको इंगित गर्छ ।
गत वर्ष १०.०३ प्रतिशत रहेको आधार दर ८ प्रतिशतमा झर्नुको साथैं बाणिज्य बैंकको कर्जाको औसत ब्याजदर १२.३ प्रतिशतबाट ९.९३ प्रतिशतमा झर्नु उद्योगी व्यवसायीको लागी सकारात्मक छ । बाणिज्य बैंकहरुको औसत निक्षेप संकलन दर ७.८६ प्रतिशतबाट झरेर ५.७७ प्रतिशत पुग्दा कर्जाको ब्याजदर घटेपनि निक्षेपकर्तालाई भने नोक्सान भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार