एआईको दुरुपयोग गरेर चरित्र हत्या गर्ने क्रम बढेपछि साइबर ब्यूरोले दियो कारवाहीको चेतावनी
नेपालबहस संवाददाता
भदौ २, २०८१ आइतबार १४:४३:५९
२ भदौ, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) लगायतको दुरुपयोग गरेर राजनीतिक नेतृत्वलगायतको चरित्र हत्या गर्ने क्रम बढेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत त्यस्ता एआईबाट निर्मित सामग्री प्रकाशन गर्ने गरेको पाइएको भन्दै ब्यूरोले यस प्रकारको गतिविधिहरू नगर्न/नगराउन अनुरोध गरेको छ ।
ब्यूरोले भनेको छ- ‘पछिल्लो समय सामाजिक सञ्जाल, अन्य डिजिटल प्लेटफर्म र एआईलगायतका प्रविधिहरूको दुरुपयोग गरी कुनै संगठन तथा व्यक्तिलाई विशेष लक्षित रही चरित्रमा निर्मम आघात पुर्याउने उद्देश्यका साथ अतिरञ्जित तवरबाट कपोकल्पित र भ्रामक विषयमा श्रव्य दृश्य सामग्री तयार तथा प्रसारण गरी–गराई सामाजिक, पारिवारिक तथा राजनैतिक चरित्रहत्या गर्ने/गराउने घटनाक्रम बढ्दै गइरहेको पाइएको हुँदा यस प्रकारको गतिविधि गर्न अनुरोध गरिन्छ ।'
साथै ब्यूरोले यस्तो कार्य गरेको पाइएमा त्यसको जबाफदेही स्वयम् आफैँ हुनुपर्ने भएकाले कानुनी झन्झटमा पर्नबाट जोगिन सबैलाई अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार