२० खर्ब ४१ अर्ब विदेशी मुद्रा, चालु खातामा २ खर्ब २१ अर्ब
नेपालबहस संवाददाता
भदौ २, २०८१ आइतबार १५:१:१०
२ भदौं, काठमाडौं । हाल सरकारसँग २० खर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा सञ्चित छ । ०८१ असार मसान्तमा मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १५ अर्ब २७ करोड छ । ०८० असार मसान्तको तुलनामा यो ३२.६ प्रतिशतले बढी हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १८ खर्ब ४८ अर्ब ५५ करोड छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति एक खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ छ । आर्थिक वर्ष २०८०÷८१ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा चालु खाता दुई खर्ब २१ अर्ब ३४ करोड रुपैयाँले बचतमा छ । घल्लो वर्षको अन्त्यसम्म चालु खाता ४६ अर्ब ५७ करोड रुपैयाँले घाटामा थियो । चालु खाता घाटाले अरू देशहरूबाट खुद सापटी लिइएको भन्ने बुझिन्छ । तर, चालु खाता बचतमा रहे अरू देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ । चालु खाता घाटा सुधार हुँदै जानुले हाल नेपालले अरू देशहरूबाट लिएको खुद सापटी घटाउँदै गएको देखिन्छ ।
गएको आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म शोधनान्तर स्थिति पनि पाँच अर्ब दुई अर्ब ४९ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ८५ अर्ब ८२ करोड रुपैयाँले बचतमा थियो । राष्ट्र बैंकका अनुसार, निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो ।
शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ । घाटा भएमा विदेशी मुद्रा देशबाट बाहिर बढी गएको भन्ने बुझिन्छ । यस्तै चालु आर्थिक वर्षको असारमा महँगी घटेको छ । ०८१ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको असार महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत थियो ।
आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको मूल्यवृद्धि २६.४०, दाल तथा गेडागुडीको ९.९६, चिनी तथा चिनीजन्य वस्तुको ९.८७, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ र तरकारीको ८.२९ प्रतिशत छ ।
घिउ तथा तेल उपसमूहको मूल्य सूचकांक १०.९९ प्रतिशतले घटेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको मूल्यवृद्धि ११.३८, मनोरञ्जन तथा संस्कृतिको १०.९६, शिक्षाको ७.७३, फर्निसिङ तथा घरायसी उपकरणको ४.७५ र कपडाजन्य तथा जुत्ताचप्पलको ४.५६ प्रतिशत छ । यातायात उपसमूहको मूल्य सूचकांक ०.८२ प्रतिशतले घटेको छ । खाद्य तथा पेयपदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.४७ प्रतिशत छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक ६, २०८१ मंगलबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
कात्तिक ५, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक ४, २०८१ आइतबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
कात्तिक ६, २०८१ मंगलबार
दलसम्बन्धी अध्यादेशमा सहमति जुटाउन नसकेपछि मन्त्रिपरिषद् बैठक स्थगित, देउवाले देखाए शेखर
कात्तिक ५, २०८१ सोमबार
कांग्रेस अर्घाखाँचीको सयदिने अभियान सुरु
कात्तिक ६, २०८१ मंगलबार
सभामुखले बोलाएको समितिका सभापति र सचेतकहरुसँगको बैठक शुरु
कात्तिक ६, २०८१ मंगलबार
सुनको मूल्य बढ्ने क्रम जारी, तोलाको एक लाख ६५ हजार ९ सय पुग्यो !
कात्तिक ६, २०८१ मंगलबार
‘रारा रिसोर्ट’को निर्माण प्रक्रिया अघि बढ्यो, पहिलो चरणमा ७० करोड लगानी हुने
कात्तिक ६, २०८१ मंगलबार
पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई पुरस्कार !
कात्तिक ६, २०८१ मंगलबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
कात्तिक ६, २०८१ मंगलबार