रुसमा ७.० म्याग्निच्युडको भूकम्प, भयानक ज्वालामुखी विष्फोटको धुवाँ ८ किमी माथि
नेपालबहस संवाददाता
भदौ २, २०८१ आइतबार १६:२:३५
२ भदौ, मस्को । रुसको पूर्वी तटीय क्षेत्रमा आइतबार बिहान ७.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण सो क्षेत्रमा रहेको शिवेलुच नामक ज्वालामुखी विस्फोट भएको थियो ।
रुसी समाचार एजेन्सी टासको रिपोर्टका अनुसार ज्वालामुखी विष्फोटपछि उठेको धुवाँको मुस्लो तटीय क्षेत्रबाट ८ किलोमिटर उचाइसम्म देखिएको थियो ।
यो ज्वालामुखी रुसी तटीय सहर पेट्रोपाभलोभस्ककमचात्स्कीबाट ४५० किलोमिटर टाढा छ। यो शहरको जनसंख्या १ लाख ८० हजार छ । यद्यपि विष्फोटबाट कुनै पनि मानवीय वा धनमालको क्षतिको खबर प्राप्त भएको छैन ।
अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रबिन्दु पेट्रोपाभलोभस्क कमचात्स्की शहरबाट ८८ किलोमिटर टाढा समुद्रमा रहेको जानकारी दिएको छ । भूकम्पको केन्द्रविन्दुको गहिराई ४८ किलोमिटर थियो । अमेरिकाको सुनामी चेतावनी प्रणालीले भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटरको दायराभित्र सुनामीको चेतावनी जारी गरेको छ ।
शिवेलुचमा गत वर्ष पनि विस्फोट भएको थियो, सन् १९९९ देखि लगातार लाभा निस्किरहेको छ । शिवेलुच रूसको सबैभन्दा सक्रिय ज्वालामुखी हो। गत वर्ष अप्रिल ११ मा पनि विस्फोट भएको थियो । यसपछि खरानी र धुवाँको २० किलोमिटर अग्लो बादल उठ्यो । यो धुवाँ १ लाख ८ हजार वर्ग किलोमिटरमा फैलिएको थियो ।
शिवेलुचमा सन् १८५४ र १९६४ मा विष्फोट भएको थियो, जसले लाभाको ठूलो भागको पतन गराएको थियो। यसपछि १५ अगस्त १९९९ मा यंग शिवलुचमा विस्फोट भएको थियो । त्यसयता यो निरन्तर सक्रिय छ र लाभा फुकिरहेको छ।
२७ फेब्रुअरी २०१५ मा पनि शिवेलुचमा भीषण विष्फोट भएको थियो । विस्फोट यति शक्तिशाली थियो कि खरानी अलास्कामा ९,१०० मिटर टाढा खसेको थियो। रिपोर्टका अनुसार रूसमा कुल ६१ सक्रिय ज्वालामुखीहरू छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार