साढे ३४ अंकले घटेर २९६६ विन्दुमा झर्यो नेप्से, आइतबार पौने २९ अर्बको कारोबार
नेपालबहस संवाददाता
भदौ २, २०८१ आइतबार १६:५:४८
२ भदौ, काठमाडौं । आइतबार शेयरबजार ३ हजार विन्दुबाट ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ३४.४७ अंक घटेको छ । अघिल्लो दिन ३ हजार अंकमा रहेको बजार आइतबार भने २९६६ मा रहेर बन्द भयो ।
आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ३४.४७ अंकले घटेको हो । अघिल्लो कारोबार दिनको तुलनामा १.१४ प्रतिशतले घटेर समग्र नेप्से परिसूचक २ हजार ९ सय ६६.३३ विन्दुमा ओर्लेको छ । गत मंगलबार ८.१८ अंकले घटेको नेप्से बुधबार र बिहीबार क्रमशः ३४ र ४३ अंकले बढेका थिए । निरन्तर बढेको बजारमा आइतबार करेक्सन भएको थियो ।
आइतबार कारोबारमा आएकामध्ये ४७ कम्पनीको शेयर मूल्य बढ्दा १९७ वटाको घटे । ३ लाख ९ सय १८ वटा कारोबारबाट ६ करोड ५४ लाख ७५ हजार ३ सय ३६ कित्ता शेयर किनबेच भए । ती किनबेचमा २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ, जीवन बिमा, सामुहिक लगानी कोष र निर्जीवन बिमा बाहेक सबैको परिसूचक घटे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से १६.५८ अंकले बढ्यो
पुष २८, २०८१ आइतबार
१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
भूमिसम्बन्धी अध्यादेशमा के थियो राष्ट्रपतिले देखेको संवेदनशील विषय ?
माघ १, २०८१ मंगलबार
४० प्लस उमेरमा कसरी जवान देखिने ? अपनाउनुहोस् यी उपाय
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
युक्रेन युद्धमा ३ सय उत्तर कोरियाली सैनिक मारिएको दक्षिण कोरियाको दावी
माघ १, २०८१ मंगलबार
कस्तो छ आज तरकारी र फलफूलको भाउ ?
माघ १, २०८१ मंगलबार
आज जैविक विविधता दिवस मनाइँदै
माघ १, २०८१ मंगलबार