दुई हजार चार सय ९७ पिन्ट रगत वितरण
नेपालबहस संवाददाता
भदौ २, २०८१ आइतबार १७:१०:३४
२ भदौ, कैलाली । नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले गत आर्थिक वर्षमा दुई हजार चार ९७ पिन्ट रगत वितरण गरेको छ । केन्द्रले दुई हजार पाँच सय ५९ पिन्ट रगत संकलन गरेको थियो ।
केन्द्रमा १८ पिन्ट रगत बाँकी रहेको भन्दै २१ पिन्ट अन्य रक्तसञ्चार केन्द्रमा पठाइएको र २३ पिन्ट रगत म्याद गएर खेर गएको रेडक्रस टीकापुर उपशाखाका सभापति दत्तबहादुर विष्टले जानकारी दिए । उनका अनुसार वितरण भएको रगतमध्ये दुई हजार एक सय ८७ पिन्ट टीकापुर अस्पतालमा र बाँकी यहाँका निजी अस्पतालमा खपत भएको छ । सबैभन्दा बढी नौ सय २२ पिन्ट ‘बी’ पोजेटिभ र सबैभन्दा कम तीन पिन्ट ‘एबी’ नेगेटिभ रगत वितरण गरिएको छ ।
रेडक्रसले विभिन्न सङ्घसंस्था, विद्यालय, प्रहरी तथा समूहसँग रक्तदान कार्यक्रममार्फत रगत संकलन गरेको विष्टको भनाइ छ । टीकापुर अस्पतालमा दैनिक शल्यक्रिया हुन थालेपछि रगतको माग बढ्दै गएको छ ।
केन्द्रको तथ्याङ्कअनुसार सङ्कलन भएको रगतमध्ये एक हजार सात सय पिन्ट रगत महिलामा प्रयोग हुने गरेको छ । टीकापुर अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने र सुत्केरी हुने बेला अत्यधिक रक्तस्राव हुँदा रगत आवश्यक पर्ने अस्पतालका स्त्री रोग विशषेज्ञ डा. सञ्जयकुमार दासले बताए । शल्यक्रिया गर्दा दुई÷तीन पिन्टसम्म रगत आवश्यक पर्दछ । टीकापुर अस्पतालमा अहिले स्त्रीरोगबाहेक हाडजोर्नीको पनि शल्यचिकित्सकमार्फत शल्यक्रिया हुने गरेको उनले जानकारी दिए ।
अस्पतालमा आउने सिकलसेलका बिरामीले मासिक तीन पिन्टसम्म रगत लिने गरेका केन्द्रका कर्मचारी अरुण चौधरीले बताए । “रगतको माग बढिरहेको छ, सङ्कलन कम हुँदा समस्या हुन्छ”, उनले भने । कैलाली र बर्दियाको करिब ५० प्रतिशत नागरिक टीकापुरको रक्तसञ्चार केन्द्रका भरमा पर्ने उनको भनाइ छ । “रक्तदान गर्ने वानीको विकास गर्न सचेतना आवश्यक छ, यसमा सबैले सहयोगी भूमिका खेल्नुपर्छ । केन्द्रले हरेक गु्रपको एक÷दुई पोका रगत भण्डारण गरेर राख्ने गरेको छ”, चौधरीले भने, “रगत लिन आउनेले पनि दिने मान्छे खोज्ने नियम बनाएका छौँ, तर कार्यान्वयन भएको छैन ।”
रगतको माग बढ्दै जाने र रक्तदान गर्नेको सङ्ख्या घट्दै जाँदा रगत अभाव हुने रेडक्रस टीकापुर उपशाखाका सभापति विष्टले बताए । “वार्षिक दुई हजार पाँच सय बढी पिन्ट रगत वितरण गर्नु सामान्य होइन । सङ्कलनमा नै समस्या छ, रक्तदान गर्न नागरिक मान्नुहुँदैन”, उनले भने ।
रगत ‘सेप्रेसन’ मेसिन भएमा सेवाग्रहीलाई उपलब्ध गराउन सहज हुने विष्टको भनाइ छ । “स्थानीयदेखि सङ्घीय सरकारसँग ‘सेप्रेसन’ मेसिनका लागि पहल गरेका छौँ, अहिलेसम्म सुनुवाइ भएको छैन”, उनले भने । सेप्रेसन मेसिन भएमा दुई हजार पाँच सय पिन्ट रगतले यस क्षेत्रको माग धान्ने जनाउँदै विष्टले सेप्रेसन मेसिनमार्फत एक पिन्टबाट चारजनालाई आवश्यक पर्ने रगत उपलबध गरउन सकिने उल्लेख गरे ।
अहिले टीकापुर र भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकाले निःशुल्क रुपमा एक व्यक्तिलाई तीन पिन्टसम्म रगत उपलब्ध गराउने गरेका छन् । यसबापत ती पालिकाले रेडक्रसलाई एकमुष्ट रकम भुक्तानी गगर्दछन् । यो कार्यक्रम विगत पाँच वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको सभापति विष्टले जानकारी गराए ।
विसं २०६६ देखि सञ्चालनमा आएको रक्तसञ्चार केन्द्रले स्थापनाकालमा आकस्मिक सेवा दिने गरेको थियो । रेडक्रसले आफ्नै पहलमा केन्द्र सञ्चालन गरी चौबिसै घण्टा सेवा प्रवाह गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन
मंसिर २६, २०८१ बुधबार
भर्तामा आधुनिक प्रसूति सेवा केन्द्र बन्दै
मंसिर २६, २०८१ बुधबार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोकसेवामार्फत कर्मचारी पदपूर्ति गरिँदै
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार