आज राष्ट्रिय सूचना दिवस मनाइँदै
नेपालबहस संवाददाता
भदौ ३, २०८१ सोमबार ११:३८:७
३ भदौ, काठमाडौं । सूचनाको हकसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी देशभर १८ औँ राष्ट्रिय सूचना दिवस मनाइँदैछ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनलाई राष्ट्रिय सूचना दिवसका रुपमा मनाइँदै आएको हो ।
सबै नागरिकलाई सूचना माग गर्ने र प्राप्त गर्ने संवैधानिक हकको कार्यान्वयनका लागि कानुन कार्यान्वयनमा आएपछि यो दिवस मनाउन थालिएको हो । सूचना दिवसका अवसरमा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयन अझ प्रभावकारी बनाउँदै लैजान आवश्यक रहेको बताए । प्रमुख सूचना आयुक्त गुरुङले सबै सार्वजनिक निकायले सूचनाको हकको कार्यान्वयनमा सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गर्न र गराउन समेत आह्वान गरेको छ ।
सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि राजनैतिक दल तथा नेतृत्व, सार्वजनिक निकायका पदाधिकारी, सूचनाको हकका अभियन्ता, सञ्चारकर्मी, नागरिक समाजको भूमिका महत्वपूर्ण हुने आयोगले जनाएको छ ।
राष्ट्रिय सूचना दिवसका अवसरमा आयोगले आज आयोजना गर्ने कार्यक्रमको प्रमुख आतिथ्यता उपराष्ट्रपति रामसहायप्रसाद यादवलले गर्ने आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार