उपेन्द्र यादव नेतृत्वको जसपाले तोक्यो केन्द्रीय सदस्यका लागि कार्यादेश
नेपालबहस संवाददाता
भदौ ३, २०८१ सोमबार १३:९:२९
३ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी केन्द्रीय सदस्यका लागि कार्यादेश तोकेको छ । यही भदौ ९ गते आधारभूत संगठन निर्माणको चारमहिने अभियानको उद्घाटन गर्न लागेको जसपाले केन्द्रीय अभियन्तालाई कार्यादेश तोकेको हो ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार परिपत्र जारी गरी वैचारिक तथा राजनीतिक प्रशिक्षण सञ्चालन गर्नेगरी केन्द्रीय सदस्यको कार्यादेश तय गरेको छ । त्यसअनुसार केन्द्रीय अभियन्ताले पार्टीको विधान, पार्टीको एकताको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्तावेजका सम्बन्धमा प्रशिक्षणको आयोजना गर्नुपर्नेछ ।
विभिन्न राजनीतिक दलहरुसँग जसपाको राजनैतिक–वैचारिक भिन्नता, उत्पीडित जाति÷समुदायको पहिचान, राजनीतिक अधिकार, राज्यमा समान प्रतिनिधित्व, सामाजिक विभेदलगायत विषयको उजागर गर्ने कामसमेत अभियन्ताले गनुपर्नेछ ।
पार्टीका चार सय १५ केन्द्रीय अभियन्तालाई पार्टीको आदर्श संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद तथा पार्टीको लक्ष्य, समाजवादी लोकतन्त्रको अवधारणाबारे र समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीको दृष्टिकोण प्रष्ट्याउने गरी केन्द्रीय नेतालाई अभियानमा खटाइने भएको छ ।
चुरे वन संरक्षण सम्बन्धमा जनजागरण अभियान सञ्चालनलाई पनि जसपा नेपालले केन्द्रीय सदस्यको अभियानको कार्यादेश भनि निर्धारण गरेको छ । जसपा नेपालको गएको साउन ३० गते सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यलाई अभियन्ताका रुपमा चार महिना पालिकामा संगठन निर्माणका लागि खटाउने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार