जुम्लामा कैदीबन्दीलाई निःशुल्क स्वास्थ्य परीक्षण
नेपालबहस संवाददाता
भदौ ३, २०८१ सोमबार १४:३२:३
३ भदौ, जुम्ला । जुम्ला कारागारामा रहेका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य शिविर सञ्चालन गरी यहाँका कैदीबन्दीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्साबाट स्वास्थ्य जाँच गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा कारागारमा रहेका कैदीबन्दीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदिलाल कामतीले बताए । कारागारमा हाल विभिन्न प्रकृतिका एक सय २० जना कैदीबन्दी छन् ।
कैदीलाई स्वास्थ्य जाँच गराउन एकैपटक अस्पताल लैजना नसकिने भएकाले कारागारमा सम्बन्धित विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य जाँच गरिएको कामतीले बताए । कैदीबन्दीहरूको स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्ने र आधारभूत सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिविरमा प्रतिष्ठानका डा. शुभाङ्क प्याकुरे नेतृत्वको समूहले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहात्ती तथा पर्यटन महोत्सव
पुष ११, २०८१ बिहिबार
नेपाल स्वास्थ्य सम्मेलन सुरु
पुष ११, २०८१ बिहिबार
'नेपाल हेल्थ कन्क्लेभ २०२४' आजदेखि काठमाडौंमा सुरु हुँदै
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १२, २०८१ शुक्रबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार