एक वर्षमा १५ खर्ब ९२ अर्ब ९८ करोडका वस्तु आयात
नेपालबहस संवाददाता
भदौ ३, २०८१ सोमबार १५:१९:५
३ भदौ, काठमाडौं । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आर्थिक वर्ष ०८०/८१ मा कुल १५ खर्ब ९२ अर्ब ९८ करोड रूपैयाँको वस्तु आयात भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा मेसिनरी तथा पार्ट्सको आयात ८.८ प्रतिशतले बढेको छ ।
अघिल्लो आर्थिक वर्ष १ खर्ब रूपैयाँको आयात हुँदा गत वर्ष १ खर्ब ९ अर्ब रूपैयाँको आयात भएको थियो । कच्चा भटमास तेलको आयातमा ६२.३ प्रतिशतले घटेर १३ अर्ब ४१ करोड रूपैयाँमा झरेको छ । औषधिको आयात ५.६ प्रतिशतले घटेको छ । इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीको आयात ७.३ प्रतिशतले बढको छ । सूनको आयात भने ४०.९ प्रतिशतले घटेको छ ।
पेट्रोलियम पदार्थको हिस्सा १८.८७ प्रतिशत छ । गत आर्थिक वर्ष ३ खर्ब ५४ करोड ४० लाख रूपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष ०७९÷८० को तुलनामा आर्थिक वर्ष ०८०÷८१ मा पेट्रोलियम पदार्थको आयातको रकम २.९ प्रतिशतले झरेको छ ।
आर्थिक वर्ष ०७९/८० मा ३ खर्ब ९ अर्ब ७० करोड रूपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो । फलाम तथा स्टिल र त्यसका उत्पादनहरुको आयात पनि ११.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १ खर्ब ६७ अर्ब२९ करोड रूपैयाँको फलाम तथा स्टिल आयात हुँदा गत वर्ष १ खर्ब ४७ अर्ब ४८ करोड रूपैयाँ बराबरको आयात भएको थियो । कुल आयातमा फलाम तथा स्टिलको हिस्सा ९.२६ प्रतिशत छ ।
आयात मूल्यमा अघिल्लो वर्षको तुलनामा यस वर्ष पेट्रोलियम पदार्थ २.९६ प्रतिशत, फलाम तथा स्टिल ११.८४ प्रतिशत, अन्न १९.१२ प्रतिशत, औषधि ५.६२ प्रतिशत, सुन ४०.८७ प्रतिशत ,पोलिथिन ४.७९ प्रतिशत, केमिकल १.२० प्रतिशत, कच्चा सनफ्लावर तेल १.१७ प्रतिशत, आल्मुनियम तथा तिनका उत्पादन ४.७१ प्रतिशत, कच्चा भटमासको तेल ६२.२९ प्रतिशत, कच्चा पाम तेल ५९.१० प्रतिशत जिन्क २४.६६ प्रतिशतले घटेको हो ।
कुल आयात
पेट्रालियम पदार्थः ३ खर्ब ५४ करोड ४० लाख
फलाम तथा स्टिलः१ खर्ब ४७ अर्ब ४८ करोड ३७ लाख
मेसिनरी र पार्टसः १ खर्ब ९ अर्ब ८९ करोड ३ लाख
सवारी साधनः ८५ अर्ब ७४ करोड ८३ लाख
इलेक्ट्रोनिक सामग्रीः ६९ अर्ब ९० करोड ३५ लाख
अन्नः ४५ अर्ब ७९ करोड ७४ लाख
औषधि उत्पादनः ४२ अर्ब १३ करोड ६९ लाख
रासायनिक मलः ३६ अर्ब ४४ करोड ५ लाख
बिउबिजनः १० अर्ब ७५ करोड २९ लाख
कच्चा पाम तेलः १० अर्ब ५९ करोड ८३ लाख
तामाका उत्पादनः ८ अर्ब ८६ करोड ६३ लाख
ऊनः ५ अर्ब ५५ करोड ३३ लाख
जिंक उत्पादनः ४ अर्ब १८ करोड ७२ लाख
चाँदीः ३ अर्ब २८ करोड ५६ लाख
अन्य बस्तुः ४ खर्ब ६१ अर्ब ७३ करोड ५९ लाख
दूरसञ्चारका सामग्रीः ३६ अर्ब ५८ करोड ९९ लाख
तयारी पोशाकः ३५ अर्ब १६ करोड ७५ लाख
सुनः २५ अर्ब ९५ करोड ९२ लाख
दानाः २४ अर्ब २० करोड ४६ लाख
धागोः २२ अर्ब २१ करोड ३२ लाख
केमिकलः १९ अर्ब ६७ लाख
कच्चा सनफ्लावर तेलः १७ अर्ब ८३ करोड १६ लाख
रबर तथा तिनका उत्पादनः १६ अर्ब ७ करोड २२ लाख
आल्मुनियमः १४ अर्ब ३० करोड ४६ लाख
एयरक्राफ्ट तथा पार्टसः १३ अर्ब ९७ करोड ४ लाख
भटमासको तेलः १३ अर्ब ४१ करोड ८५ लाख
कपासः ११ अर्ब ३२ करोड १७ लाख
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार