यो सत्ता समीकरण विशेष कारणले बनेको होः गृहमन्त्री
नेपालबहस संवाददाता
भदौ ३, २०८१ सोमबार १६:२:५०
३ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजनीति अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र एमालेको समीकरण बनेको बताएका छन् । सोमबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चौपतो नेपालद्वारा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत् सांगीतिक काव्य गोष्ठीमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भएपनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको उनले बताए । समीकरण बन्ने र भत्किने क्रम चल्यो । सरकारको अस्थिरताको सबै क्षेत्रमा प्रभाव देखा पर्यो । मुलुकको आर्थिक विकास र सुशासनको क्षेत्रमा विधिको शासनलाई अगाडि बढाउन समस्या देखियो । राजनीति अस्थिरता कारणले उत्पन्न समस्याले मुलुकमा निराशा बढायो । त्यो निराशालाई आशामा बदल्नका स्थिर सरकार आवश्यक भयो, उनले भने ।
शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रुतगतिमा अगाडि बढाउन, सुशासन स्थापित गर्न, शान्ति कामय गर्न र मर्यादित रोजगारी सिर्जना गर्न वर्तमान सरकार बनेको उनले बताए । उनले राजनीति स्थिरता र आर्थिक समृद्धिमा अगाडि बढ्नका लागि केही महत्त्वपूर्ण उद्देश लिएर यो सरकार गठन भएको बताए ।
सामान्यतया संसदमा रहेको ठूला दल मिलेर सरकार बनाउने अभ्यास स्वभाविक देखिँदैन । कतिपय अवस्थामा स्वभाविक मानिँदैन, गृहमन्त्री लेखकले भने, तर, मुलुकमा महत्वपूर्ण एजेन्डा अगाडि आउछन् । त्यसको कार्यसम्पादन गर्नुपर्ने हुन्छ । राष्ट्रका साझा कार्यभार सम्बोधन गर्नुपर्ने हुन्छ । त्यस्तो बेलामा यो देशका ठूला पार्टीहरु एक ठाउँमा उभिएको हाम्रो विगतको अनुभव छ ।’
संविधान संशोधनको विषयलाई एजेन्डा बनाएको भन्दै संविधानको संशोधन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी समानुपातिक सहभागितालाई थप सुदृढ गर्नका लागि हुने बताए । सरकार बनेको एक महिनामा १८ वर्षसम्म रुमलिएको संक्रमणकालीन न्याय सम्बन्धि कानुनलाई प्रतिनिधिसभाले पारित गरिसकेको भन्दै चाँडै संक्रमणकालीन न्यायको विषय लाई सम्बोधन गरिने गृहमन्त्री लेखकले बताए ।
सुदूरपश्चिमलाई भारत र चीनसँग जोड्न ३–४ महिनाभित्र तिंकरमा अध्यागमन कार्यालय स्थापन गर्ने गृहमन्त्री लेखकले बताए । महाकाली करिडोर, सेती लोकमार्ग लगायतका महत्त्वपूर्ण परियोजना अगाडि बढाएर मित्र राष्ट्र भारतसँग चीनसँग पनि जोड्ने उनको भनाइ थियो । यसका लागि ३–४ महिनामा तिंकर नाकामा अध्यागमनको कार्यालय स्थापना गरि तेस्रो मुलुकका नागरिकलाई मानसरोवर, कैलाश जाने बाटो अगाडि बढाउने योजना अगाडि सारेको छु । सुदूरपश्चिमबाट भारत र चीनलाई जोड्ने काम गर्ने छौँ । यसले सुदूरपश्चिमको विकासमा टेवा पुग्ने छ, उनले भने ।
कार्यक्रममा सुदूरपश्चिमको भूमिसँग जोडिएका प्रतिभालाई सम्मान गरेको थियो । सुदूरपश्चिमको भाषामा अमुल्य योगदान दिने आरडि प्रभाष चटौत, नारी सशक्तीकरण र साहित्य लेखनमा पु¥याएको योगदानको लागि विजया श्रेष्ठ केसी, नेपाली राष्ट्रिय महिला भलिबल टिमका प्रमुख प्रशिक्षक भलिबल क्षेत्रमा पु¥याएको योगदानका लागि जगदीश भट्ट, नेपाली शास्त्रीय गीत संगीतका क्षेत्रमा पु¥याएको योगदानका लागी गायक तिलकसिंह पेला, सुदुरपश्चिमको भाषामा अमुल्य योगदान दिने डम्बर शर्मा बडु, नेपालको प्रशासन क्षेत्रमा योगदान पु¥याएका डा. हरिदत्त पाण्डेय र साहित्य क्षेत्रमा पु¥यएको योगदानका लागि साहित्यकार हेमबाबु लेखकलाई सम्मान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
विद्यार्थी अनुत्तीर्ण हुनु अपराध हो: प्रधानमन्त्री ओली
मंसिर २६, २०८१ बुधबार
जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार