लुम्बिनीका मुख्यमन्त्री आचार्यले भोली विश्वासको मत लिने
नेपालबहस संवाददाता
भदौ ३, २०८१ सोमबार १७:१८:१८
३ भदौ, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भोली मंगलबार विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ पुन मगरका अनुसार भोली बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५ औँ बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
विश्वासको मतको पक्षमा मतदान गर्न नेकपा एमाले, नेपाली कांग्रेस, जनमत पार्टी र नागरिक उन्मुक्तिसहित साना दलले ह्विप जारी गरेका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतक निमा गिरीले नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई मंगलबारको प्रदेशसभामा उपस्थित भएर मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको बताइन् ।
त्यस्तै एमाले संसदीय दलको बैठकले पनि विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेका छन् । गत साउन ७ गते आचार्य कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा आवश्यक बहुमतको लागि ४४ सांसद चाहिन्छ ।
लुम्बिनीमा एमालेका २९, कांग्रेस २७, लोसपा ३, जनमत पार्टीका ३, जसपा २, जसपा नेपाल १ र नागरिक उन्मुक्तिका ४ सांसद गरी ६९ सांसदले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने देखिएको छ । माओवादी ११, नेकपा एस, राजमो र स्वतन्त्र १÷१ गरी १४ सांसदले उनले मत दिने छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार