सुक्खा पहिरोले पार्थली–गेल्दुङ सडक अवरुद्ध
नेपालबहस संवाददाता
भदौ ३, २०८१ सोमबार २०:२२:४१
३ भदौ, काभ्रेपलाञ्चोक । सुक्खा पहिरोका कारण खोपासी–च्याम्राङबेंसी सडकअन्तर्गत पार्थलीमा सडक अवरुद्ध भएको छ । बेथानचोक गाउँपालिका–४ पार्थली भञ्ज्याङ नजिक आज दिउँसो पहिरो जाँदा करिब ५० मिटर सडक पुरिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।
सडकखण्ड अवरुद्ध हुँदा काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका, ललितपुरको महाङ्काल गाउँपालिका र मकवानपुरको बाग्मती गाउँपालिकाका स्थानीयलाई आवतजावतमा समस्या भएको उनले बताए । सडक सञ्चालनका लागि प्रहरी, स्थानीय जनप्रतिनिधिलगायतले प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए । उनले सडक माथिबाट सुक्खा पहिरोसहित ढुङ्गा झरेकाले उपकरणको सहयोगमा पहिरो पन्छाउन थालिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
मुग्लिन–मलेखु सडक विस्तारको काम सवारी नरोकेरै धमाधम गरिने
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार