मध्यपूर्व र उत्तर अफ्रिकामा कुपोषणको सङ्कट बढ्दै
नेपालबहस संवाददाता
भदौ ३, २०८१ सोमबार २१:५०:३७
३ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघले सोमबार मध्यपूर्व र उत्तर अफ्रिकामा कुपोषणको ‘गहिरो सङ्कट’ले एक तिहाइ बालबालिकालाई असर गर्ने चेतावनी दिएको छ ।
“मध्यपूर्व र उत्तर अफ्रिका 'एमइएनए मा कम्तीमा सात करोड ७० लाख अर्थात तीनमध्ये एक बालबालिका कुनै न कुनै प्रकारको कुपोषणले पीडित छन्”, संयुक्त राष्ट्र बाल एजेन्सी युनिसेफले विज्ञप्तिमा भनेको छ ।
मूल्याङ्कन गरिएका २० देशमा पाँच करोड ५० लाख बालबालिका मोटोपनले पीडित रहेको विज्ञप्तिमा उल्लेख छ । मोटोपनलाई युनिसेफले एक प्रकारको कुपोषण मानेको छ । युनिसेफका अनुसार थप दुई करोड ४० लाख बालबालिका पुड्कोपन र दुब्लोपनको शिकार छन् ।
युनिसेफका क्षेत्रीय निर्देशक एडेल खोडरले साना बालबालिकामध्ये एक तिहाइलाई मात्र पौष्टिक खाना उपलब्ध गराइएको बताए । युनिसेफले सरकारहरूलाई उनीहरूको योजना र नीति बनाउँदा पोषणलाई ध्यान केन्द्रीत गर्न आग्रह गरेको छ ।
संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरूले गत महिना द्वन्द्व, आर्थिक उथलपुथल र जलवायु परिवर्तनले गत वर्ष विश्वको करिब नौ प्रतिशत जनसङ्ख्यालाई प्रभावित तुल्याउँदै भोकमरी कम गर्ने प्रयासमा अवरोध सिर्जना गरेको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार