अन्तर्यको राजनीतिः नेपालका परराष्ट्रमन्त्रीको भ्रमण, भारतीय प्रधानमन्त्रीको ट्वीट
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ ४, २०८१ मंगलबार ११:३०:४१
भदौ ४, काठमाडौं । नेपाली परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणले नेपाली राजनीतिमा दुई थरिका भाष्य सिर्जना गरेको छ । सत्ता पक्षले राणाको भ्रमणलाई भारतीय प्रधानमन्त्रीले समेत महत्व दिएर दुई देशको सम्बन्धलाई अझ बलियो बनाउ चाहेको व्याख्या गरेका छन भने विपक्षीहरुले भारतले नेपालबाट केही लिनका लागि स्वार्थनिहित राजनीति गरेको अथ्र्याएका छन् ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति त्यति सकारात्मक नदेखिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परराष्ट्रमन्त्री राणालाई किन महत्व दिए भनेर यतिबेला नेपाली राजनीतिमा चर्चा सुरु भएको छ । सुरुमा ओली प्रधानमन्त्री भएदेखि नै नेपालप्रति भारतको दृष्टिकोण फरक हुने गरेको छ । अहिले पनि ओली प्रधानमन्त्री भएपछिको पहिलो भ्रमण भारतबाट गर्ने मनस्थितिमा देखिएका छैनन् ।
यसअघिका भ्रमणलाई हेर्ने हो भने अक्सर नेपालबाट गएका परारष्ट्रमन्त्रीस्तरको भ्रमणलाई भारतले सामान्य चासो दिएको गुनासो नेपालको हुने गथ्र्यो । प्रधानमन्त्रीसहित गएको समयमा भारतका प्रधानमन्त्रीसँग भेट हुने भएपनि परराष्ट्रमन्त्री मात्र गएको कतिपय अवस्थामा भारतीय प्रधानमन्त्रीले भेट नदिएका धेरै उदाहरण छन् । यसपटक भेटपछि मोदीले पनि एक्समा परराष्ट्रमन्त्री राणालाई स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । उनले भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध र प्रगतिशील तथा बहुआयामिक साझेदारी रहेको उल्लेख गरेका छन् ।
यसले नेपाल भारको सम्बन्ध विस्तारमा भन्दा पनि भारतले नेपालबाट केही प्राप्त गर्ने उदेश्य चासो दिएको केहीको भनाइ छ । मन्त्री राणाको भ्रमणलाई हेर्ने हो भने वार्ताका समयमा पनि भारतका तर्फबाट विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल, प्रिन्सिपल सेक्रेटरी प्रमोदकुमार मिश्र, विदेश सचिव विक्रम मिस्री र नेपालका लागि राजदूत नवीन श्रीवास्तव पनि मोदीसँगै सहभागी थिए । यो सहभागिताले नेपालका तर्फकाट मन्त्री राणाको भ्रमण विगतका भारत पुगेका परराष्ट्रमन्त्रीहरुको भन्दा महत्वमा परेको देखिएको हो ।
परराष्ट्रमन्त्री राणाले सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् । भेटपछि उनी हाफैले नेपाल–भारतबीच विविध विषयमा सहकार्यमा वार्ता सफल भएको र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताएकी छन् । मन्त्री राणाले सामाजिक सञ्जाल एक्समा आफू र मोदीले नेपाल–भारत सम्बन्धको बहुआयामिक विविधताबारे छलफल गरेको उल्लेख गरेकी हुन् ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मोदी र राणाबीचको भेटवार्तामा आपसी हितका विविध क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ बनाउने तरिकाबारे छलफल भएको जनाएको छ । राणा र मोदीबीच सोमबार साँझ करिब ३० मिनेट कुराकानी भएको थियो । राणाले सोमबार दिउँसो नै समकक्षी जयशंकरसँग भेटवार्ता गरेकी थिइन् । यो भेटमा जयशंकरको अनुहार भने मलिन देखिएको थियो । तर मोदीसँग राणाले भेटेका समयमा विदेश मन्त्री जयशंकर पनि खुसि देखिन्थे । जयशंकरकै निमन्त्रणामा राणा दिल्ली गएकी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार