देउवा र कोइरालाको कोपभाजनमा कोशी सरकार, दुई महिनादेखि बन्द छ प्रदेशसभा
नेपालबहस संवाददाता
भदौ ४, २०८१ मंगलबार १२:३२:०
४ भदौ, विराटनगर । नेपाली कांग्रेसको अर्घेल्याइले कोशी सरकार अस्थिर बनेको छ । केन्द्रमा गठबन्धन फेरिएपछि माओवादीका मन्त्रीहरूले साउन २१ गते राजीनामा दिएका थिए । त्यसयता सरकार विस्तार हुन सकेको छैन् । कांग्रेसले मन्त्री पठाउन सकेको छैन् । मुख्यमन्त्री हिक्मत कार्कीले सरकारलाई पुर्णता दिन सकिरहेका छैनन् । प्रदेशसभाको बैठक पनि गएको असार ८ गतेपछि बस्न सकेको छैन् ।
केन्द्रमा समीकरण परिवर्तन भएपछि सबै प्रदेशमा त्यही अनुसार सरकार बनिसकेका छन । तर, मुख्यमन्त्री कायम रहेर पनि सरकार विस्तार हुन सकेको छैन् । कांग्रेसमा मन्त्रीको विषयलाई लिएर सभापति कोइराला र वरिष्ठ नेता शेखर कोइरालाबीच टसल छ । कोशीका विषयमा देउवाले भन्दा शेखर कोइरालाले बढी चासो राख्नुपर्ने हो । तर, कोइरालाले भनेअनुसार देउवाले मन्त्रीमा सहमति नदिँदा उनी पनि अलमलमा परेका छन् ।
नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङले मन्त्री बन्नेको नाम दिन केन्द्रले ढिलाइ गरेको बताए । कांग्रेसले मन्त्रीको नाम नपठाउँदा कोशीको प्रदेशसभा बैठकसमेत अनिश्चित बनेको छ । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा प्रदेशसभाको बैठक आव्हान हुन सकेको छैन । असार ८ मा बजेट पास भएसँगै सभामुख अम्बरबहादुर विष्टले अर्को सूचना नहुन्जेलसम्मका लागि बैठक स्थगित गरेका थिए ।
अहिले नेकपा माओवादीले बठैक बोलाउन दवाव दिइरहेको छ । माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले एक साताअगाडि नै प्रदेश सभा बैठक बोलाउन माग गरेका थिए । तर, सरकारले अहिलेसम्म जवाफ दिन सकेको छैन् । सभामुख पनि चुपचाप बसेका छन् । एमालेबाट पनि सदन बोलाउन माग भइरहेको छ । कांग्रेसकै कारण सबै काम रोकिएको एमालेका नेताहरु बताउँछन् ।
कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम नदिँदा मुख्यमन्त्री हिक्मत कार्कीले कांग्रेसलाई सरकारमा ल्याउन सकेका छैनन् । मन्त्रीका आकांक्षी र सबै गुटकालाई मिलाउनुपर्ने दवावले कांग्रेसले निर्णय गर्न सकेको छैन् । सभापति देउवा र नेता कोइरालाबीच नै सहमति हुनुपर्ने अवस्था छ । नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङले पनि मन्त्री बन्नेको नाम दिन केन्द्रले ढिलाइ गरेका कारण प्रदेश संसदीय दल पनि अन्योलमा परेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार
मलाई पशुपतिको सुन खायो भनियो तर उप्काएर छानबिन गर्दा पनि केही कैफियत भेटिएन्ः ओली
माघ १५, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
माघ १५, २०८१ मंगलबार