सन् २०२३ मा विश्वभरका द्वन्द्वमा २८० सहायताकर्मीको मृत्यु
नेपालबहस संवाददाता
भदौ ४, २०८१ मंगलबार १३:७:४०
४ भदौ, काठमाडौं । सन् २०२३ मा विश्वभरका द्वन्द्वमा २८० सहायताकर्मीको मृत्यु भएको छ । गत वर्षको तुलनामा यस वर्ष मृत्यु हुनेको संख्या अझ डरलाग्दो हुनसक्ने राष्ट्रसंघले चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले सो जानकारी दिएको हो ।ओसीएचएका अनुसार २०२३ मा ३३ देशमा २८० सहायताकर्मीको मृत्यु भएको थियो । जबकी २०२२ मा ११८ जनाको मृत्यु भएको थियो ।
अक्टोबरमा सुरु भएको इजरायल-गाजा युद्धको पहिलो तीन महिनामा सहायताकर्मीहरूको आधाभन्दा बढी मृत्यु भएको थियो । यसमा पनि हवाई हमलामा अधिकांश सहायताकर्मी मारिएका छन् । तीमध्ये अधिकांश संयुक्त राष्ट्र संघको एजेन्सी युएनआरडब्लुएका सदस्य थिए ।
यस बर्ष अगस्त ७ सम्म १७२ सहायताकर्मीको मृत्यु भइसकेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनीयो गुटेर्रेसले सुडानसहित अन्य देशहरुमा सहायताकर्मीमाथि आक्रमण भएको बताउदै उनीहरुको हत्या गरिएको घाइते बनाइएको र अपहरण समेत गरिएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार