सहमतिमै संविधान संशोधन हुन्छ, प्रचण्ड र माधवकाविरुद्ध लाग्न यो गठबन्धन बनाएको हैनः देउवा

नेपालबहस संवाददाता
भदौ ४, २०८१ मंगलबार १७:४६:५१

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको भविश्व कोर्नका लागि कांग्रेस र एमालेबीच समीकरण भएको बताएका छन् । उनले अहिलेको गठबन्धन कसैकोविरुद्धमा नबनाइएको बताएका छन् । यो सत्ता समीकरणले कसैलाई अहित नगर्ने र देशका समस्याप्रति केन्द्रित हुने उनको भनाइ छ ।
मंगलबार राजधानीमा आयोजित नेपाली कांग्रेसका स्वर्गीय नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेको गठबन्धन कुनै पनि पार्टीको विरुद्धमा नभएको स्पष्ट पारे । गठबन्धन अरू पार्टीको खिलाफ हैन । माओवादी‚ माधवजीको पार्टी लगायत सबैलाई एक गरेर लैजाने, सबैलाई एक साथ राखेर अघि बढ्ने हो, सबैको साथ भएमात्र देशलाई एउटा विन्दुमा पुर्याउन सकिन्छ, उनले भने ।
सभापति देउवाले कांग्रेस र नेकपा एमालेको गठबन्धन बनाउन कसैले दबाब नदिएको पनि बताए । संविधान संशोधन सबै दलहरूको सल्लाह सुझावमा नै हुने भएकाले कुनै पनि शंका उपशंका नगर्न उनले आग्रह गरे । राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई बनाउने लगायत विषय संविधान संशोधनको एजेन्डाभित्र पर्ने बताए ।
उनले भने, संविधान संशोधन षड्यन्त्र गरेर हैन । सबैसँग सल्लाह गरेर गरिने कुरा हो । केपी शर्मा ओली र मेरो बिचमा भएको सहमति कसैको दबाबमा हैन । देउवाले अहिलेको गठबन्धनले नेपालको भोलिको राजनीति र भविष्यलाई योगदान दिने समेत दाबी गरे । उनले एउटा राजनीतिक दलको नेताले अर्को दलको नेतालाई गाली गरेर कसैको भलो नहुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
फागुन ८, २०८१ बिहिबार
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष प्रचण्ड
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष प्रचण्ड
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार
पृतनापति समन्वयात्मक बैठक सुरु
फागुन ८, २०८१ बिहिबार
संविधानलाई असफल पार्ने छुट कसैलाई छैनः गृहमन्त्री लेखक
फागुन ८, २०८१ बिहिबार
पोखरा महानगरका मेयर आचार्य डिस्चार्ज
फागुन ८, २०८१ बिहिबार
रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने