मुलुकभर पहिराेका कारण राष्ट्रिय राजमार्गका सात वटा खण्ड अवरुद्ध
नेपालबहस संवाददाता
भदौ ४, २०८१ मंगलबार १७:५०:२७
४ भदौ, काठमाडौं । राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सवारीसाधन आवतजावतमा समस्या उत्पन्न भएको छ । सडक विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकभर पहिराेका कारण राष्ट्रिय राजमार्गका सात वटा खण्ड अवरुद्ध भएका छन् भने दुई सय ४४ सडक खण्ड एकतर्फी रुपमा मात्रै सञ्चालनमा छन् ।
मदनभण्डारी राजमार्गको प्यूठानस्थित एनएच जिरो नाइन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । प्यूठानस्थित गर्जेनीमा भालुवाङ–लिवाङ–रोल्पा–माडीचौर–दारबोट खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । मोरङको चतरा–मुलघाट–माझीटार–अमापु डाँडा– गणेशचोक राजमार्गस्थित चतरा पुलदेखि बराहक्षेत्र जाने सडक खण्ड पनि पूर्ण रुपमा अवरुद्ध हुँदा सवारी साधन आवतजावतमा समस्या परेको छ ।
यसैगरी सुर्खेत तल्लो ढुङ्गेश्वर–सातखब्बा–दुल्लु–पिपलकोट–खुलालु–मन्मा–नग्मा–जुम्ला राजमार्गको कालीकोटस्थित गाल्जे खण्ड पनि पूर्ण रुपमा नै अवरुद्ध भएको छ ।
पुष्पलाल मध्यपहाडी लोकमार्गको पाँचथरस्थित यलम्बर सडकखण्ड पूर्ण अवरुद्ध भएको छ । यसैगरी तानसेन–रिडी–कोरला राजमार्गको गुल्मीस्थित अच्चेश्वर गुफा नजिकको सडकखण्ड र राप्ती राजमार्गको सल्यानस्थित चोरखोला सडकखण्ड समेत पूर्ण रुपमा अवरुद्ध भएको सडक विभागको तथ्याङ्क रहेको छ ।
भूगर्भविद् डा सुवोध ढकालले वर्षाका कारण माटो गलिसकेकाले हल्का वर्षा हुँदा समेत पहिरोको जोखिम बढी हुने भएकाले सतर्कता अपनाउनुपर्नेमा जोड दिए । “अविरल वर्षाका कारण माटो गलाएको छ । अहिले त थोरै पानी पर्नासाथ पहिरो जान थालेको छ”, उनले भने, “त्यसैले अत्यावश्यक काममा मात्रै हिँडडुल अनुरोध छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार