बंगलादेशकी विपक्षी नेतृ खालिदा जियाको बैक खाता १७ बर्षपछि फुकुवा
नेपालबहस संवाददाता
भदौ ४, २०८१ मंगलबार १९:४३:२
४ भदौ, ढाका । बंगलादेशमा विपक्षी नेता तथा पूर्व प्रधानमन्त्री खालिदा जियाको बैंक खातामाथिको प्रतिबन्ध हटाइएको छ । राष्ट्रिय राजस्व बोर्ड (एनबीआर) ले जियाको बैंक खाता फुकुवा गर्ने निर्णय गरेको छ । उनको बैंक खाता १७ वर्षदेखि रोक्का गरिएको थियो ।
एनबीआरको केन्द्रीय गुप्तचर कक्षले अगस्ट २००७ मा खालिदा जियाको खाता रोक्का गर्ने आदेश दिएको थियो । त्यसयता उनको एकाउन्ट ब्लक गरिएको छ । पटकपटक खाता खोल्न माग गरिएको भएपनि शेख हसिना सत्ताबाट बाहिरिएपछि यो निर्णय गरिएको हो ।
बंगाली अखबार डेली स्टारका अनुसार एनबीआरले खालिदा जियाविरुद्ध कुनै अनुसन्धान मुद्दा नभएको भन्दै बैंकहरूलाई उनको सबै खाताहरू अनफ्रिज गर्न निर्देशन दिइएको बताएको छ ।यसअघि हसिना अगस्ट ५ मा देश छोडेपछि खालिदा जेलबाट रिहा भएकी थिइन् । उनलाई सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार