ट्रम्पले जितेको र चार वर्षको अराजकता फेरि हेर्न चाहदैनौं : ओबामा
नेपालबहस संवाददाता
भदौ ५, २०८१ बुधबार ११:२६:२३
५ भदौ, काठमाडौं । अमेरिकाको सिकागोमा डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशन जारी रहेको छ । यस सम्मेलनमा पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले पनि सम्बोधन गरेका छन् ।
यस क्रममा मिशेल ओबामाले ट्रम्पमाथि कडा हमला गरेकी छन् । मिशेलले अमेरिकी हुनु भनेको के हो भन्नेमा कसैको एकाधिकार नरहेको बताइन् । मिसेल ओबामाले कमला ह्यारिस राष्ट्रपति पदका लागि सबैभन्दा शिक्षित उम्मेदवार भएको बताइन् ।
डेमोक्र्याटिक नेशनल कन्भेन्सनमा आफ्नो सम्बोधनमा पूर्व राष्ट्रपति बराक ओबामाले डोनाल्ड ट्रम्पलाई आलोचना गरेका छन् । ओबामाले ट्रम्पले शक्तिलाई आफ्नो उद्देश्य हासिल गर्ने माध्यम मात्र बनाएको बताए । उनले आफुहरुले ट्रम्पले जितेको र चार वर्षको अराजकता फेरि हेर्न नचाहेको बताए । उनले भने, 'हामीले प्रायः फिल्महरूमा देखेका छौं कि सिक्वेल फिल्महरू प्रायः खराब हुन्छन् ।'
ओबामाले नोभेम्बरको चुनाव नजिकको लडाई हुने बताउदै कमला ह्यारिस र उप-राष्ट्रपति उम्मेदवार टिम वाल्जको प्रशंसा गरे । उनले जो बाइडेनको प्रशंसा गर्दै यो देशले उनलाई एक प्रतिभाशाली राष्ट्रपतिको रूपमा सम्झने बताए । साथै उनले बाइडेनले ठूलो खतराको समयमा लोकतन्त्रलाई बचाएको भन्दै प्रशंसा गरे ।
त्यस्तै सिनेटर बर्नी स्यान्डर्सले मंगलबार डेमोक्रेटिक नेशनल कन्भेन्सनमा अमेरिकी जनतालाई उपराष्ट्रपति कमला ह्यारिसलाई देशको अर्को राष्ट्रपति चुन्न आग्रह गरे । आफ्नो सम्बोधनमा, स्यान्डर्सले श्रमिक वर्गलाई आकर्षित गर्ने र ठूला(ठूला कर्पोरेट कम्पनीहरूमा क्र्याक डाउन गर्ने कुरा गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार