५० हजार शिक्षक थप्न २५ अर्ब बजेट थप्नुपर्ने, निःशुल्क शिक्षा दिन २ खर्ब ३० अर्ब थप बजेट आवश्यक

नेपालबहस संवाददाता
भदौ ५, २०८१ बुधबार ११:४०:२९

५ भदौ, काठमाडौं । शिक्षा मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनसम्बन्धी कार्ययोजनाको बनाएर सार्वजनिक गरेको छ । यस कार्ययोजनामा सबै तहमा निःशुल्क शिक्षाका लागि आवश्यक खर्चको आंकलन पनि गरेको छ । कार्ययोजनाको मस्यौदामा अहिलेको शिक्षा बजेटमा २ खर्ब ३० अर्ब अनुमानित बजेट थप गर्दा निःशुल्क शिक्षा सम्भव हुने अनुमान गरेको छ ।
कार्यजोजनामा जनाइए अनुसार हाल देशभर २७ हजार ९ सय ९० सामुदायिक विद्यालय रहेका छन् । हाल दरबन्दीमा रहेका १ लाख १० हजार शिक्षकबाहेक ५० हजार शिक्षक आवश्यक रहेको कार्ययोजनामा उल्लेख छ । त्यसका लागि करिव २५ अर्ब बजेट थप गर्नुपर्ने देखाइएको छ । संविधानले व्यवस्था गरेको अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयन गर्न झन्डै दोब्बर बजेट आवश्यक पर्ने प्रक्षेपण शिक्षा मन्त्रालयको छ ।
चालु आर्थिक वर्षमा शिक्षामा सरकारले १ खर्ब ४७ अर्ब बजेट छुट्याएको छ । कार्ययोजनाअनुसार शिक्षामा कम्तीमा २० प्रतिशत बजेट आवश्यक पर्छ । संविधानको मौलिक हकअन्तर्गत २०७५ मा जारी अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनसम्बन्धी कार्ययोजनाको मस्यौदा सार्वजनिक गरेर मन्त्रालयले सुझावसमेत माग गरेको छ । कार्ययोजनामा ५० हजार शिक्षक दरबन्दी थप हुनुपर्ने आकलन गरिएको छ ।
मन्त्रालयले ऐन कार्यान्वयनको प्रक्रिया, जिम्मेवार निकाय, समयावधि र अपेक्षित नतिजासमेत तोकेर खाका तयार पारेको छ । शिक्षकको पेसागत दक्षता अभिवृद्धि र उनीहरूलाई प्रोत्साहनसहितको सुविधा दिनुपर्ने कार्ययोजनामा उल्लेख छ । त्यसका लागि साढे ८ अर्ब बजेट आवश्यक रहेको अनुमान गरिएको छ । विद्यालयमा अलग्गै प्रधानाध्यापकको व्यवस्था गर्नुपर्ने र त्यसका लागि छुट्टै बजेटको आवश्यकता औंल्याइएको छ ।
विद्यालयबाहिर रहेका करिब ६ लाख बालबालिकालाई समेत वैकल्पिक कक्षामा समेट्नुपर्ने उल्लेख छ । त्यसका लागि १२ अर्ब बजेट आवश्यक हुने अनुमान गरिएको छ । विद्यालयहरूमा ल्याब र प्रविधिको पहुँच विस्तार गर्न २० अर्ब रकम चाहिने अनुमान गरिएको छ । विद्यालयमा न्यूनतम सुविधाको सुनिश्चितता गर्न ३५ अर्ब बजेट चाहिने अनुमान गरिएको छ ।
विद्यालयहरूमा प्राथमिक स्वास्थ्य सेवाको प्रबन्ध गर्न १ अर्ब ७५ करोड खर्चको आकलन गरिएको छ । सरकारले विद्यालयमा नर्सको व्यवस्था गर्न भने पनि पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । अपांगता, विपन्न, जेहेन्दारलगायत छात्रवृत्ति र निःशुल्क पाठ्यपुस्तकका लागि १४ अर्ब नियमित रूपमा आवश्यक पर्ने पनि जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
यस वर्षको कक्षा १२ को परीक्षा वैशाख ११ देखि सुरु हुने
फागुन १, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल
फागुन ७, २०८१ बुधबार
बागमती गोल्डकप : संकटालाई हराउँदै एपिएफ सेमिफाइनलमा
फागुन ७, २०८१ बुधबार
१४ लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए
फागुन ७, २०८१ बुधबार
नेकपा एसको नीतिः स्थानीय तहमा छायाँ सरकार, जिल्लामा कम्तीमा एक पालिका जित्ने
फागुन ७, २०८१ बुधबार
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई
फागुन ७, २०८१ बुधबार
व्यास नगरपालिकामा सांस्कृतिक महोत्सव सुरु
फागुन ७, २०८१ बुधबार
सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल
फागुन ७, २०८१ बुधबार
बागमती गोल्डकप : संकटालाई हराउँदै एपिएफ सेमिफाइनलमा
फागुन ७, २०८१ बुधबार
१४ लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए
फागुन ७, २०८१ बुधबार
नेकपा एसको नीतिः स्थानीय तहमा छायाँ सरकार, जिल्लामा कम्तीमा एक पालिका जित्ने
फागुन ७, २०८१ बुधबार
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई
फागुन ७, २०८१ बुधबार
व्यास नगरपालिकामा सांस्कृतिक महोत्सव सुरु
फागुन ७, २०८१ बुधबार
सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल
फागुन ७, २०८१ बुधबार
बागमती गोल्डकप : संकटालाई हराउँदै एपिएफ सेमिफाइनलमा
फागुन ७, २०८१ बुधबार
१४ लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए
फागुन ७, २०८१ बुधबार
नेकपा एसको नीतिः स्थानीय तहमा छायाँ सरकार, जिल्लामा कम्तीमा एक पालिका जित्ने
फागुन ७, २०८१ बुधबार