७२ जना यात्रु लिएर पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवा पुर्याएर अवतरण गरियो
नेपालबहस संवाददाता
भदौ ५, २०८१ बुधबार १२:४२:४१
५ भदौ, पोखरा । विहानदेखि नै मौसम खराब भएका कारण अवतरण गर्न नसकी पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट भएको छ । सो जहाज पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौंका लागि उडेको थियो । तर, मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको हो ।
बुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को जहाज काठमाडौंका लागि उडान भए पनि भैरहवा ल्याण्ड भएको पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिइन् । अहिले यात्रु भैरहवा विमानस्थलमा रहेको र काठमाडौंको मौसम खुलेलगत्तै उडान हुने जानकारी यात्रुहरुलाई दिइएको छ ।
बुधबार विहान साढे ७ बजेर २५ मिनेटमा उड्नुपर्ने जहाज मौसम खराबीको कारण सवा ९ बजेमात्र काठमाडौं उठेको थियो । मौसम खराब भएका कारण काठमाडौं विमानस्थलमा अवतरण हुन सकेन । करिब २० मिनेर आकासमा घुमेर भैरहवा पुगेर अवतरण भयो ।
काठमाडौं अवतरण नभएपछि डाइभर्ट गरेर १०ः२० मा भैरहवामा ल्याण्ड भएको हो । पोखराबाट उडान भर्ने बेला काठमाडौं मौसम ठिकै देखिए पनि पछि खराबी आएको विमानस्थलको भनाइ छ । बिहान पोखरा विमानस्थलबाट २ वटा बुद्ध एयरको जहाज काठमाडौंका लागि उडेको थियो । त्यसमध्ये एउटा ल्याण्ड भएको छ भने अर्को भिजिविलिटीका कारण अवतरण गर्न नसकी भैरहवा पठाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार