बुधबार २९६८.४४ विन्दुमा कायम रह्यो नेप्से, १८ अर्ब ९० करोड बराबरको शेयर खरिदबिक्री
नेपालबहस संवाददाता
भदौ ५, २०८१ बुधबार १५:४४:२३
५ भदौ, काठमाडौं । बुधबार शेयरबजारमा १८ अर्ब ९० करोड बराबरको कारोबार भएको छ । दिनभरिको कारोबारमा नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ विन्दुमा बन्द भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार उतारचढावकाबीच बजार झिनो अंकले बढेर बन्द भयो ।
बुधबार चार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बृद्धि भयो । यसरी शेयर मूल्य १० प्रतिशतले बृद्धि हुनेमा कर्पाेरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र डोल्टी पावर कम्पनी लिमिटेड छन् । कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य भने १० प्रतिशतले घट्यो ।
कारोबारका क्रममा नेप्से परिसूचक घटेर २९४३.६१ विन्दुसम्म झरेको थियो । त्यसपछि बजार सुधार भएर बन्द हुँदासम्म १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँको कारोबार भयो । आज फाइनान्स, विकास बैंक, वाणिज्य बैंक, ‘अन्य’ र लगानी समूहको परिसूचक बढे भने बाँकी समूहको परिसूचक घटे ।
सर्वाधिक परिसूचक घट्नेमा व्यापार समूह छ । यो समूहको परिसूचक २.०९ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि फाइनान्स समूहको भएको छ । यो समूहको परिसूचक ४.९९ प्रतिशतले वृद्धि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार
उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला
पुष १२, २०८१ शुक्रबार
‘खतरनाक नयाँ युग’ : जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो
पुष १२, २०८१ शुक्रबार
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार
विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट
पुष १२, २०८१ शुक्रबार