वैदेशिक रोजगारका ठगहरुलाई सरकारले नै संरक्षण गरेको छ : प्रभु साह
नेपालबहस संवाददाता
भदौ ५, २०८१ बुधबार २०:६:३४
५ भदौ, रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारका ठगहरुलाई सरकारले संरक्षण गरेको आरोप लगाएका छन् । रौतहटको छतौना र विश्रामपुरमा आज आजपा नगर कमिटीद्वारा आयोजित “बैदेशिक रोजगारका ठगलाई सरकारले कारवाही गर्छ कि संरक्षण ?” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले वैदेशिक रोजगारका ठगहरुलाई कारवाही नगरी सरकारले संरक्षण गरेको बताए ।
`गाउँ देहातका गरिब युवाहरू रोजगारका लागि बिदेशिन बाध्य छन् । मुलुकमै रोजगार दिन नसकेको सरकारले वैदेशिक रोजगारको नाममा भइरहेको लुट धन्दालाई संरक्षण दिएको छ´ आजपा अध्यक्ष साहले भने, `नेपालमा स्वास्थ्य परिक्षण गरि वैदेशिक रोजगारमा जाने युवाको बिदेशमा मृत्यु हुन्छ । उनीहरुको लास नेपाल आउँछ ।
यहाँ बलियो, स्वास्थ रहेका युवाको बिदेशमा मृत्यु कसरी हुन्छ ? यहाँ एउटा काम भन्ने त्यहाँ अर्को काममा लगाउने । फ्री टिकट फ्री भिसा भन्ने तर मोटो रकम लिएर बिदेश पठाउने । अलपत्र पार्ने, यस्ता भ्रष्ट र लुटेरालाई कारवाही नगरी सरकारले संरक्षण गर्ने काम भइरहेको छ ।´
केही म्यानपावर कम्पनीसंग मिलेर सरकारले मानव तस्करीको काम गरिरहेको समेत साहले आरोप लगाए । सरकारका केही मन्त्री, सरकारमा सहभागी दलका नेताले कमिसनमा गैरकानुनी काम गरिरहेको बताउदै उनले सरकारकै संरक्षणमा म्यानपावर कम्पनीहरुले मानव तस्करी र लूट धन्दा चलाएर गरिब युवाहरूलाई लुटिरहेको बताए ।
यस्ता लुटेरा र भ्रष्टहरुलाई कारवाहीको माग गर्दा समेत मन्त्रीहरु मौन बस्ने र सरकारी निकायले केही नगर्नाले पीडित परिवारले झन दुख पाइरहेको साहले बताए । यस्ता भ्रष्टहरुका विरुद्ध जनकारवाहीका लागी आम जनता तयार हुनुपर्ने उनले बताए । कार्यक्रममा सहभागीहरुले वैदेशिक रोजगारका ठगहरुलाई सरकारले नै पालिरहेको निष्कर्ष सहित पीड़ितलाई न्याय दिलाउन जस्तो सुकै आन्दोलन गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार