आज रातिदेखि मध्यपुरथिमिमा महाकाली, नीलबाराही र भैरव नाच सुरु
नेपालबहस संवाददाता
भदौ ५, २०८१ बुधबार २२:८:३४
५ भदौ, भक्तपुर । गाईजात्राको भोलिपल्ट अर्थात् आज रातिदेखि मध्यपुरथिमि नगरपालिकाभित्र फरक फरक सहरमा भैरव, महाकाली, निलबाराही लगायतका देवीदेवता तान्त्रिक विधि एवं दैवी शक्ति प्रकट गर्दै नाच सुरु भएको छ ।
मल्लकालभन्दा अगाडिको समयमा मध्यपुरथिमिलाई भूतप्रेत, पिचासलगायत दानवको आक्रमणबाट जोगाउने विश्वास लिएको उक्त नाचहरु मल्लकालिनभन्दा अगाडिदेखि प्रचलनमा आएको थियो ।
भाद्र कृष्ण द्वितीया 'गुँलागा द्वितीया' देखि पञ्चमीसम्म मध्यपुरथिमि क्षेत्रको बोडेमा निलबाराही, नगदेशमा महाकाली र थिमिमा लाय्कू भैलः एवं थिमि भैलः नाचको विकास भएको कथन छ ।
मध्यपुरथिमिको विभिन्न सहरमा यहाँका बासिन्दालाई दुःख दिने भूतप्रेत, पिसाचलगायतलाई तान्त्रिक विद्वान गुरुहरूले तान्त्रिक शक्तिद्वारा देवी देवतालाई रातभर जागा बनाइ टोलटोलमा देवीदेवताको नाच नचाएर भगाएपछि यो परम्परा चल्दै आएको संस्कृतिकर्मी अर्जुन श्रेष्ठ बताउछन् ।
यसवर्ष थिमिमा ताहाननीबाट थिमि भैलः 'थिमि भैरव' नगदेशमा महाकाली र बोडेमा निलबाराही नाच आजबाट प्रदर्शन भएको छ । देशमा जस्तो सुकै सङ्कट आउँदा पनि नरोकिएको बोडेको निलबाराही नाच यसवर्ष पनि आजदेखि सञ्चालन भएको छ भने विभिन्न कारणले पटकपटक रोकिँदै आएको लाय्कू भैल र महाकाली नाचले यसवर्ष प्रर्दशन गरिएको छ ।
करिव दुई दशकपछि मध्यपुर थिमि–५, ताहननीबाट यसवर्ष थिमि भैलः प्याखँ प्रदर्शन भएको छ । महाकाली नाच पाँच वर्षपछि प्रदर्शनमा आएको हो । यी नाचहरुमा विभिन्न ५० भन्दा बढी व्यक्तिले विभिन्न देवी देवताको तान्त्रिक विधिबाट जगाएको मुकुण्डो धारण गरी विभिन्न बाजाको तालमा तान्त्रिक विधिअनुसार दैवी शक्ति जागा गराइ नाच्ने संस्कृतविद् एवं गुरु श्रेष्ठ बताउछन् ।
नीलबाराही नाचको क्रममा रातभर नाच्ने र टोलटोलमा बिहान भएपछि स्थानीयले पूजा चढाउने परम्परा कायमै रहेको स्थायी दिलकृष्ण प्रजापतिले जानकारी दिए । उनका स्थानीय आजदेखि रातभर नसुति जात्रा एवं नाचमा सहभागी हुने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार