एसएसबीका महानिर्देशक चौधरीको नेपाल भ्रमण स्थगित !
नेपालबहस संवाददाता
भदौ ५, २०८१ बुधबार २२:३३:५४
५ भदौ, काठमाडौं । भारतीय सीमा सुरक्षा बल सशस्त्र सीमा बल 'एसएसबी' का महानिर्देशक दलजितसिंह चौधरीको नेपाल भ्रमणमा अचानक रोकिएको छ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक 'आईजीपी' राजु अर्यालको निमन्त्रणामा नेपाल आउन लागेका चौधरीले भ्रमण स्थगित गरेका हुन् ।
नेपालको तीनदिने औपचारिक भ्रमणमा आउन लागेका चौधरीलाई भारतमा बंगलादेशसँग जोडिएको सीमा क्षेत्रको सुरक्षाको विषयमा समेत थप जिम्मेवारी लिनु परेका कारण तत्काललाई रोकिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक 'डीआईजी' कुमार न्यौपानेका अनुसार भदौ ५, ६ र ७ गते काठमाडौंमा हुने सीमा सुरक्षासम्बन्धी आठौं बैठकमा भाग लिन उनी आउन लागेका उनी भारतमा थप जिम्मेवारी लिनुपरेपछि केही दिन भ्रमण रोकिएको हो ।
नेपाल र भारतमा आलोपालो आयोजना हुने सीमा सुरक्षासम्बन्धी बैठक यस पटक नेपालले आयोजना गर्दै छ । सातौं बैठक भारतमा आयोजना भएको थियो । बैठकमा सीमा अपराध, अवैध चोरी निकासी, मानव तस्करी नियन्त्रणसहितका विषयमा छलफल हुने छन् ।
चौधरी अहिले भारतको बोर्डर सेक्युरिटी फोर्स 'बीएसएफ' का प्रमुख भएका कारण उनले बंगलादेशको सीमा सुरक्षा पनि हेर्नुपर्ने भएकाले व्यस्त भएको र नेपालमा हुने बैठक पनि केही समय सरेको नेपाली पक्षको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरीद्धारा वीरगंजको अवैध गोदाममा छापा, ५० लाखभन्दा बढिको सामान बरामद
माघ १५, २०८१ मंगलबार
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
माघ ९, २०८१ बुधबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
माघ १५, २०८१ मंगलबार
अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार