बलम्बुको शंकास्पद वस्तु सेनाले डिस्पोज गर्यो, घोराहीमा सुतली बम पड्काउने दुई जना पक्राउ
नेपालबहस संवाददाता
भदौ ६, २०८१ बिहिबार ११:४३:१०
६ भदौ, काठमाडौं । बिहीबार काठमाडौंको बलम्बु र दाङको घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा शंकास्पद बस्तु भेटिएका छन् । घोराहीमा सुतली बम राखिएको र त्यो विस्फोट भएको छ भने बम विस्फोट गराएको आरोपमा दुई जना विद्यार्थी पनि पक्राउ परेका छन् ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, बलम्बु स्कुल नजिकैको एक घर अगाडि फेला परेको संकास्पद वस्तु रित्तो कुकर रहेको पाइएको छ । शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाली सेनाको बम डिस्पोज टोली गएर हेर्दा रित्ता कुकर फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
तर्साउन मात्रै राखिएको हरियो प्लाष्टिकभित्र कुकरको थोरै भाग बाहिर देखिएपछि स्थानीय त्रसित हुँदै प्रहरीलाई खबर गरेका थिए । शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ । उक्त वस्तु बुधबार दिउँसो सवा बजेतिर २ जना व्यक्तिले राखेर गएको सीसीटीभी फुटेमा देखिएको छ । ती व्यक्तिको खोजी प्रहरीले सुरु गरेको छ । फुटेजमा उनीहरुको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ ।
उता, दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम विस्फोट भएको छ । बिहीबार बिहान ९ बजेतिर सुतली बम विस्फोट भएको प्रहरीले जनाएको छ । बम विस्फोट गराएको आरोपमा प्रहरीले सोही क्याम्पसमा पढ्ने दुई जना विद्यार्थीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार क्याम्पसकै विद्यार्थीहरू घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अभियान थापा र सुभम कार्कीलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको छ । कक्षा १२ मा अध्यायनरत उनीहरुले रमाइलोका लागि सुतली बम विस्फोट गराएको बयान दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
मंसिर ६, २०८१ बिहिबार
अन्डरकभरको एजेन्ट भन्दै रकम ठगी गरेको आरोपमा डाक्टर आशिष दाहाल पक्राउ
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार