रेडियो आहाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई दियो सम्मान, वाग्लेलाई महिला सशक्तीकरण
नेपालबहस संवाददाता
भदौ ६, २०८१ बिहिबार १२:२८:०
६ भदौ, काठमाडौं । रेडियो आहा १०४.५ मेगाहर्जले आफ्नो स्थापनको तेस्रो वार्षिकोत्सव मनाएको छ । सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई नगदसहित सम्मान गरियो । रेडियो आहा सञ्चारकर्मी हेम सुवेदीद्वारा सञ्चालित रेडियो हो । उनले विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई संस्थाका तर्फबाट सम्मान दिएका हुन् ।
वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई आमन्त्रण गरिएको थियो । रेडियो आहाद्वारा सम्मान दिएका किरण खरेललाई रेडियो आहा राष्ट्रिय संगीत विरासत सम्मान, सञ्चारकर्मी सिर्जना वाग्लेलाई महिला सशक्तीकरण सम्मान र दिक्षा चापागाईंलाई सामाजिक परोपकारबाट सम्मान गरियो । प्रमुख अतिथि थापाले सम्मानित व्यक्कितहरुलाई नगदसहित कदरपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा देउडा सम्राट नन्दकृष्ण जोशी, हास्य कलाकार श्रीकृष्ण सिंखडा, गायक शिशिर योगीलगायतका कलाकारले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए भने संगीतकार भुपेन्द्र रायमाझीको सांगीतिक समूहले रेडियो आहाको जन्मदिनको शुभकामना गीत गाएका थिए ।
रेडियो आहाबाट ‘महिला सशक्तिकरण सम्मान २०८१’ बाट सम्मानित हुने सिर्जना वाग्ले सञ्चारकर्मी हुन् । उनी पत्रकारितासहित नारी सशक्तिकरण अभियानमासमेत सम्लग्न छिन् । उनलाई नगद ११ हजारसहित ताम्रापत्रले सम्मान गरिएको थियो । तनहुँ जिल्लाको क्यामिनमा जन्मेकी वाग्ले व्यवस्थापन संकायमा स्नातकोत्तर छन् । उनी हाल अर्थ सन्जाल मिडियाकी प्रधानसम्पादक हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्लास्टिकजन्य फोहोर नजलाउन वन तथा वातावरण मन्त्रालयको आग्रह
पुष २, २०८१ मंगलबार
ग्यास चुहावट भई आगलागी हुँदा सात लाख बढीको क्षति
मंसिर ३०, २०८१ आइतबार
प्रधानमन्त्रीद्वारा धान्य पूर्णिमाको शुभकामना
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार