घरघरमै पुगेर उपलब्ध गराउँदै आएको निःशुल्क उपचार सेवा प्रभावकारी
नेपालबहस संवाददाता
भदौ ६, २०८१ बिहिबार १७:१:५८
♦ सुरुची भण्डारी
६ भदौ, बारा । बाराको निजगढ नगरपालिकाले घरघरमै पुगेर सर्वसाधारणलाई उपलब्ध गराउँदै आएको निःशुल्क उपचार तथा परामर्श सेवा प्रभावकारी बनेको छ । बिरामीहरूले घरमै उपचार सेवा प्राप्त गर्न थालेपछि स्थानीय सर्वसाधारण लाभान्वित हुँदै आएका छन ।
निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको चुनावी घोषणा पत्र अनुसारनै नगरले गत आर्थिक वर्षबाट शुरु गरेको ‘जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपाङ्गसंग निजगढ नगरपालिका’ कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरुले सबै वडाका घरघरमै पुगेर प्रतेक महिनाको २४ गतेदेखि बिरामीहरूको उपचार र परामर्श सेवा उपलब्ध गराउन थालेपछि लक्षित समुहका सर्वसाधारण लाभान्वित बनेको नगरपालिका स्वास्थ्य शाखाका उपप्रमुख मणिश्वर घिमिरेले बताए ।
कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरुको टोलीले बिरामीहरुको घरमा पुगेर सामान्य ड्रेसिङ्ग, पोषण अवस्थाको परीक्षण, प्राथमिक उपचार र सामन्य प्रकारका औषधिसमेत निःशुल्क वितरण गर्ने गरेको उनले जानकारी दिए । निजगढ नगरपालिका स्वास्थ्य शाखाका उपप्रमुख घिमिरेले भने,‘स्वास्थ्यकर्मीहरुले ज्येष्ठ नागरिकहरूको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाइ जस्ता रोगको परीक्षण र उपचारसमेत दिँदै आएका छौँ ।’
स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्ष माथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई स्वास्थ्य पहुँच विस्तार अन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको थियो भने भौगोलिक विकटता, ज्येष्ठ नागरिक आफैँ स्वास्थ्य संस्थासम्म हिँडडुल गर्न नसक्ने भएका ज्येष्ठ नागरिकलाई घरमै सेवा दिनेगरी व्यवस्था मिलाइएको थियो । गत वर्ष निजगढ नगरपालिका ११ रतनपुरकी १०२ वर्षीय वृद्धा अम्बिका कार्की र उनकी ६५ वर्षीय बुहारी रनमाया खत्रीको स्वास्थ्य परीक्षण र उपचार गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
भौगोलिक विकटता, ज्येष्ठ नागरिक आफैँ स्वास्थ्य संस्थासम्म हिँडडुल गर्न नसक्ने भएकाले सहजताका लागि घरमै गएर सेवा प्रदान गरिएको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले नगरपालिका स्वास्थ्यकर्मीहरुले नगरका सबै वडामा घरदैलो गरेर विरामीहरूको पहिचान गरिएको र रक्त चाँप, मधुमेह जस्ता दीर्घरोगीहरुको जाँच समेत गरिएको बताए । नगर प्रमुख पुरीले भने,‘जनताको स्वास्थ्य सुरक्षाको लागि राज्यले पनि ठूलो धनराशी खर्च गर्दैआएको बताउँदै लगानी अनुसार प्रतिफल प्राप्त हुन नसकेको अवस्थामा निजगढ नगरले नगरबासीलाई स्वस्थ र निरोगी बनाउन नगरपालिकाले ‘जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपाङ्गसंग निजगढ नगरपालिका’ कार्यक्रम संचालन गरिएको हो ।’
पालिकाले जाँच गरिएका विरामीलाई निःशुल्क औषधि वितरण गरिने निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले बताए । प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले नेपालको संविधानले नै नागरिकलाई स्वास्थ्य उपचारको हक प्रदान गरेकोले यसको प्रत्याभूति गर्न सबै क्षेत्र र तहले इमान्दारिताका साथ काम गर्नुपर्ने बताए ।
शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्ष माथिका र गम्भीर रोग लागेर ओछ्यानमा परेका र अपाङ्गता भएका बिरामीहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रम अत्यन्तै प्रभावकारी देखिएको निजगढ १३ का टंक गोलेले बताए ।
निजगढ नगरपालिका स्वास्थ्य शाखाको अभिलेखमा हरेक महिना नगरभित्रका २ हजार ५ सय जना बिरामीहरुले कार्यक्रम अन्तर्गत उपचार तथा परामर्श सेवा प्राप्त गर्ने गरेको निजगढ नगरपालिकाका सूचना अधिकारी रविन घिमिरेले जानकारी दिए ।
यस कार्यक्रम अन्तर्गत नगरपालिकाले प्रत्येक महिना उनीहरुको स्वास्थ्य उपचार गरिने गरि कार्यक्रम बनाएको हो । गम्भीर समस्या भएका ज्येष्ठ नागरिकलाई थप उपचारका लागि समेत नगरपालिकाले सहयोग गदै आएको छ ।
पालिकाभरका ज्येष्ठ नागरिकको रोग पहिचान गर्न सहज होस् तथा उनीहरूले सामान्य उपचारका लागि पनि धेरै कष्ट उठाउन नपरोस् भनेर घरघरमै गएर स्वास्थ्य परीक्षण गर्न थालिएको नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन
मंसिर २६, २०८१ बुधबार
भर्तामा आधुनिक प्रसूति सेवा केन्द्र बन्दै
मंसिर २६, २०८१ बुधबार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोकसेवामार्फत कर्मचारी पदपूर्ति गरिँदै
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार