प्रहरीमा ३० वर्षे सेवा अवधि सर्वोच्चले नै हटायो तर कहिलेसम्म ?
नेपालबहस संवाददाता
भदौ ६, २०८१ बिहिबार २१:१४:४१
६ भदौ, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधिका कारण अवकाश हुन लागेका प्रहरी अधिकारी रोकिएपछि उनीहरुको जागिरको अवधि कति हो भन्ने निर्क्योल हुन बाँकी रहेको छ । ३० व्यवस्था हटाउन आदेश दिएको १० वर्षसम्म पनि कार्यान्वयन नभएपछि सर्वोच्चले आफैँ कार्यान्वयनमा लगिदिएको भएपनि अवधि भने कति समय हुने हो भन्ने बारेमा अन्योल उत्पन्न भएको छ । सर्वोच्च अदालतले आज गरेको अन्तरिम आदेशले ९० जना प्रहरी अधिकृतहरूको जागिर लम्बिएको भएपनि कति समय लम्बिन्छ भन्ने बारेमा अहिलेसम्म एकिन हुन सकेको छैन ।
सर्वोच्चका ५ जना न्यायाधीशको बृहतपूर्ण इजलासले २०७१ मंसिर २० गते प्रहरी नियमावली, २०७१ को नियम १४० (१) को नोकरी अवधिको गणनाका विषयमा प्रत्यायोजित विद्यायन अर्थात् नियमावलीमा व्यवस्था गर्न नमिल्ने ठहर गर्दै कानुन (प्रहरी ऐन)मा नै आवश्यक व्यवस्था मिलाउन सरकारको नाममा निर्देशन दिएको विषयलाई बिहिबारको आदेशले कार्यान्वयन गरेको छ । ८ महिनाअघि अर्को आदेश पनि सर्वोच्चबाटै भइसकेको थियो । त्यसलाई पनि सर्वोच्चले टेकेको छ ।
यसपल्ट भने सर्वोच्चले निर्देशन दिएको १० वर्षसम्म पनि सरकारले नयाँ प्रहरी ऐन नबनाई पुरानै व्यवस्था कार्यान्वयन गरिरहेपछि यसलाई तोडेको हो । सर्वोच्चको यो निर्णयले अर्को साताको शुक्रबार नै अवकाश हुन लागेका नेपाल प्रहरीका निरीक्षकदेखि प्रहरी नायब महानिरीक्षकसम्म ८९ जनाको जागिर त जोगियो तर प्रहरी ऐन कहिले भन्ने प्रश्न उठेको छ ।
सर्वोच्चको यो आदेश सशस्त्र प्रहरीमा पनि लागु हुने भएको छ । सशस्त्रका १६ जना पनि सोही ब्याचका र सोही अवस्था अनुसार अवकाश हुन लागेकाले उनीहरूको पनि अवकाश कार्यान्वयन नहुने भएको छ । सर्वोच्चले यी र यस्तै अवस्थाका प्रहरीको अवकाशका लागि दिइएको पत्र कार्यान्वयन नगर्न स्पष्ट आदेश दिएको छ । प्रहरीमा ३० वर्षे हटाउन सर्वोच्चको आदेश, ८९ नेपाल प्रहरी र १६ सशस्त्रको जागिर जोगिएको छ ।
प्रहरी नियमावली संशोधनको बाटो नअपनाई प्रहरी ऐनमा नै जो चाहिने आवश्यक व्यवस्था गर्ने गरी मिलाउनु भनी विपक्षी नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश २०७० चैत २० मा सर्वोच्चबाट भएको थियो । ८ महिनापछि सर्वोच्चको बृहत पूर्ण इजलासले पनि सोही अनुसारको आदेश दिएको थियो ।
‘संविधानको धारा १२६ (२) र धारा १२८ (४) अनुसार यस अदालतबाट भएका आदेश वा निर्णय, संविधान र कानूनको व्यवस्था वा प्रतिपादन गरेको कानूनी सिद्धान्त सबैले पालना गर्नुपर्ने देखिन्छ’, सर्वोच्चको बिहीबारको आदेशमा भनिएको छ, ‘यस अदालतबाट माथि उल्लिखित आदेशहरू नेपाल सरकार लगायत सबै प्रत्यर्थीहरूले मान्नु र कार्यान्वयन गर्नु गराउनु पर्नेमा द्विविधा देखिँदैन। कानुनको शासन मान्ने देशमा यस्तो अवज्ञा क्षम्य हुने देखिँदैन ।’ अदालतबाट उल्लिखित आदेशहरू भएको करिब एक दशक बितेको र सरकारी सेवाको मातृ ऐन, निजामती सेवामा उक्त ३० वर्षे सेवा अवधीको प्रावधान हटिसकेको छ ।
प्रहरीमा पनि ३० वर्षे हटाउने सम्बन्धमा गठन भएका आयोगहरूले उक्त ३० वर्षे अवधी हटाउने सुझाव दिएको विषयलाई पनि उठान गरिएको छ । सेवा अवधिको ५०÷५१ वर्षमै ७५ प्रतिशत पेन्सन लिई सेवा निवृत हुनु निवेदक र राज्य दुवैको हितमा नदेखिएको सर्वोच्चले ठहर गरेको छ । प्रहरी किताबखानाले भदौ १६ गतेबाट अवकास हुने भनि प्रहरी निरीक्षकदेखि डीआईजीसम्म ८९ प्रहरीलाई अवकासको पत्र बुझाइसकेको थियो ।
न्यायाधीश हरि फुयाँलको एकल इजलासले प्रहरी नियमावलीको नियम १२७ (घ) बमोजिमको ३० वर्षे अवधिको आधारमा सेवाबाट अवकास हुने भनि दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्नू नगराउनू र त्यस्तो आधारमा कसैलाई कुनै पत्राचार नगर्नू÷नगराउनू भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।
निजहरूको पदीय जिम्मेवारीमा परिवर्तन नगर्नू÷नगराउनू र प्रहरी किताब खानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि विपक्षीका नाममा आदेश दिएको छ । यसअघि सर्वोच्चको बृहत पूर्ण इजलासका निर्देशनात्मक आदेशहरू किन कार्यान्वयन नभएको हो र यस सम्बन्धमा संविधानको धारा १२८ (४) बमोजिम कारबाही किन चलाउनु नपर्ने हो भनी विपक्षीहरूलाई १५ दिनभित्रमा छुट्टा छुट्टै जवाफ पनि सर्वोच्चले माग गरेको छ।
यो विषयको निरुपण छिटो गर्नु पर्ने देखिएकाले अर्को पेसी असोज १० गतेलाई तोकिएको छ । भदौ १५ मा अवकाशमा जाने प्रहरी अधिकारीहरु असोज १० सम्म कामकाजमै रहनेछन् । त्यस अवधिभित्रको जागिर के हुने भन्ने बारेमा सर्वोच्चको आदेशमा उल्लेख छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो
पुष १०, २०८१ बुधबार
बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता
पुष १०, २०८१ बुधबार