साफ यू-२० च्याम्पियनसिपमा आज भारत र माल्दिभ्स खेल्दै
नेपालबहस संवाददाता
भदौ ७, २०८१ शुक्रबार ९:४७:५८
७ भदौ, काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समूह बी अन्तर्गत भारत र माल्दिभ्स खेल्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपरान्ह ३ बजेदेखि शुरु हुँदै छ ।
जारी प्रतियोगितामा भारतले एक खेल जितेको छ भने आजको खेल कम्तीमा बराबरी खेलेमा पनि सेमिफाइनलमा पुग्ने छ । त्यस्तै माल्दिभ्सलाई भने पहिलो खेलमा हार बेहोरेको हुनाले सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । समूह बि मा एक खेल जितेर भुटान पनि सेमिफाइनलको दौडमा रहेको छ ।
प्रतियोगितामा समूह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ । समूह ए मा नेपालले दुवै खेल जितेर समूह विजेता बनेको छ भने बंगलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ ।
नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समूह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् । आजको खेल पछि सेमिफाइनलको समीकरण पुरा हुने छ । सेमिफाइनलका खेल आइतबार र सोमबार हुने छन् भने फाइनल खेल आगामी बुधबार हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउथहम्पटनमाथि आर्सनलको सहज जित
असोज २०, २०८१ आइतबार
नेपाल प्रिमियर लिगको खेलाडी अक्सन आज हुँदै
असोज २०, २०८१ आइतबार
रोनाल्डो र मानेको गोलमा अल नासर विजयी
असोज २०, २०८१ आइतबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
साउथहम्पटनमाथि आर्सनलको सहज जित
असोज २०, २०८१ आइतबार
बाढीपहिरोमा परी हालसम्म २ सय ४४ जनाको मृत्यु
असोज २०, २०८१ आइतबार
नेपाल प्रिमियर लिगको खेलाडी अक्सन आज हुँदै
असोज २०, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति
असोज २०, २०८१ आइतबार
पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार
असोज २०, २०८१ आइतबार
नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय
असोज २०, २०८१ आइतबार