देउवा, शेखर र सिटौला मिलाउन कोशीमा कांग्रेसलाई चाहियो ५ मन्त्रालय
नेपालबहस संवाददाता
भदौ ७, २०८१ शुक्रबार ११:८:१६
७ भदौ, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले कांग्रेसभित्रको भागबण्डा मिलाउन ५ मन्त्रालय आवश्यक भएको प्रस्ताव एमालेसमक्ष राखेको छ । पार्टीको आन्तरिक गुटगत व्यवस्थापन गर्न ५ मन्त्रालयमा दाबी गर्ने संस्दीय दलले निर्णय नै गरिसकेको छ । तर, एमाले ५ मन्त्रालय दिने तयारीमा छैन । कांग्रेसलाई ५ मन्त्रालय दिन थप मन्त्रालय फुटाउनुपर्छ ।
यसअघि ४ मन्त्रालयसहित सरकारमा सहभागी हुने सहमति गरे पनि कांग्रेसले मुख्यमन्त्रीसँग थप एक मन्त्रालय पनि माग्ने भएको हो । सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला पक्षले २–२ र कृष्णप्रसाद सिटौला पक्षले एक मन्त्रालय मागेपछि कांग्रेसले आफ्नो समस्या मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राख्न लागेको हो ।
एमालेले भने मन्त्रालय विभाजनको लागि औचित्य पुष्टि हुनुपर्ने र एक जना व्यक्तिको चाहनालाई पूरा गर्न मन्त्रालय विभाजन गर्न नहुने अडान राखेको छ । कोशी प्रदेशमा हाल मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित ९ वटा मन्त्रालय छन् । ४० सांसद रहेको नेकपा एमालेले मुख्यमन्त्रीसहित ५ वटा मन्त्रालय लिने र २९ जना सांसद रहेको नेपाली कांग्रेसले ४ वटा मन्त्रालय लिने विषयमा दुई पार्टीबिच यसअघि नै सहमति भइसकेको थियो ।
कांग्रेसको आन्तरिक भाग मिलाएर अनुसारको व्यवस्थापनका लागि कोशीमा मन्त्रालय विभाजन गर्नुपर्छ । तर मन्त्रालय विभाजनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्की तयार छैनन् । मन्त्रालय विभाजन नगरे कांग्रेसलाई सहमतिभन्दा एउटा बढी मन्त्रालय दिनुपर्ने हुन्छ । किनकी ११ साउनमा कांग्रेस एमालेबीच कांग्रेसले ४ र एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय लिने सहमति भएको थियो ।
गुटगत विवादका कारण आफ्नो भागमा परेका ४ मन्त्रालयमा कांग्रेसले मन्त्रीको नाम पठाउन सकेको छैन । कांग्रेसले २ वटा मन्त्रालय विभाजन गर्नुपर्ने प्रस्ताव राख्न थालेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मन्त्रालय संख्या ११ वटा पुर्याउनु पर्ने आफ्नो पार्टीको प्रस्ताव रहेको बताएका छन् । सहरी विकास र भौतिक पूर्वाधार एउटै मन्त्रालय छ । ५० प्रतिशत बजेट त्यही मन्त्रालयमा छ । बाँकी मन्त्रालयले ५० प्रतिशत बजेटले काम गर्नुपर्ने अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादीद्वारा कोशी सरकारलाई दिएको समर्थन फिर्ता
भदौ १४, २०८१ शुक्रबार
कोशी प्रदेश सभाको बैठक आज बस्दै
भदौ १४, २०८१ शुक्रबार
प्राङ्गारिक मल तथा बायोग्यास उद्योग : करोडौं लगानी, उपलब्धि शून्य
भदौ ११, २०८१ मंगलबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला
भदौ २५, २०८१ मंगलबार
डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?
भदौ २५, २०८१ मंगलबार
आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हने
भदौ २५, २०८१ मंगलबार
जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
भदौ २५, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
भदौ २५, २०८१ मंगलबार