रवि लामिछाने गरेका ठगी, भ्रष्टाचार र अपराधका प्रमाण म दिनसक्छुः ढकाल
नेपालबहस संवाददाता
भदौ ७, २०८१ शुक्रबार ११:५९:४०
७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेले गरेका ठगी, भ्रष्ट्राचार र राहदानी दुरूपयोग गर्ने अपराधका प्रमाण आफूसँग भएको बताएका छन् । उनले रवि लामिछाने ठग र भ्रष्टाचारी व्यक्ति भएको दावी गरेका छ ् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत पार्टीले अन्तिमपटक सोधेको स्पष्टीकरणको जवाफ पेस गर्दै उनले रविको कुकर्मको पर्दाफास गर्नु पार्टीविरुद्ध लाग्नु नभएको बताएका छन् । भदौ ५ गते बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट पनि किन नहटाउने भन्दै स्पष्टीकरण माग गरेको थियो ।
उनले त्यसको जवाफ दिँदै आफूमाथिको कारबाही पार्टीको विधान, नियमावली,कार्यविधि, पार्टी केन्द्रीय समितिको विगतको निर्णयको बर्खिलाप भएको बताएका छन् । पार्टीलाई स्वार्थको झुन्डबाट बचाउन आफूले केही कदमहरू चालेको बताउँदै उनले त्यो कदमलाई पार्टीको हित विपरीत भन्नु सरासर गलत भएको दावी गरेका छन् ।
यसअघि ३० साउनमा पनि रास्वपाले मुकुलसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो। जसको जवाफमा ढकालले सभापति रवि लामिछानेलाई नैतिक धरातलमा उभिएको पुष्टि गर्न चुनौती दिएका थिए। रास्वपाले २५ असारमा ढकाललाई महामन्त्री,प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो।
सचिवालयले सोधेको स्पष्टीकरणमा ढकालले चित्त बुझ्दो जवाफ नदिएपछि केन्द्रीय समिति बैठकले दोस्रोपटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनले दोस्रो पटक स्पष्टीकरण सोधेर सभापति रवि लामिछानेले पार्टीमा विधिविधान विपरीत,थितिरहित हैकमे निरंककुश शासन चलाइरहेको आरोप लगाउँदै आफू पार्टी जोगाउन लागिपरेको बताएका छन् ।
उनले आफूमाथि गरिएको कारबाहीको कागजात प्रमाणहरूको प्रतिलिपि माग्दा सभापति लामिछानेले उल्टै स्पष्टीकरण पठाएको आरोप लगाएका छन् । ‘तपाईं ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु । कारबाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस्,’ मुकुलको चुनौती छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार