१० जना गोताखोरसहित सशस्त्रका ४५ जनाको टोली परिचालन, १० जना बढी हताहती भएको अनुमान
नेपालबहस संवाददाता
भदौ ७, २०८१ शुक्रबार १२:४७:३०
७ भदौ, काठमाडौं । तनहुँमा भएको बस दुर्घटनामा ठूलै हताहती भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार अहिले एसएसपी माधव पौडेलको कमान्डमा ४५ जनाको टोली उद्धारका लागि पुगेको छ ।
अप्ठेरो भीर भएका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । अप्ठेरो भीर भएका कारणले घाइते र मृतकको उद्धारमा डोरीको सहायताले नदी किनारमा पुग्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । मृतकको संख्या अझै एकिन भएको छैन । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बस केहीबेर अघि दुर्घटनामा परेको थियो ।
दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थाका तालिम शिक्षालयबाट एसएसपी पौडेलको कमान्डमा गएको ४५ जनाको फौजले उद्दार जारी राखेको छ । अप्ठ्यारो भिर भएका कारण घाइते र मृतक उद्धारमा डोरीको सहायताले नदि किनारमा पुग्ने प्रयास भइरहेको छ , प्रारम्भिक रुपमा १०/११ जनाको मृत्यु भएको प्रहरीको अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार