११० जना यात्रुका लागि केसरवानी ट्राभल्सका तीन वटा बस बुक गरिएकामा एउटा बस दुर्घटनामा पर्यो
नेपालबहस संवाददाता
भदौ ७, २०८१ शुक्रबार १४:५०:४७
७ भदौ, काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा दुर्घटना भएको बसले भारतको गोरखपुरबाट पर्यटक लिएर आएको खुलेको छ । दुर्घटनामा परेको केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बसका सञ्चालक अतुल केशरवाणी भएको खुलेको छ ।
भारतीय नम्बरको यात्रुवाहक बस रुपन्देहीको बेलहिया (भैरहवा) नाकाबाट भित्रिएको थियो । पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस शुक्रवार मस्र्याङ्दी नदीमा खसको हो । भैरहवा भन्सार कार्यालयको सूचना प्रविधि शाखाका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बर प्लेटको भारतीय बस भदौ ४ गते आठ दिनको भन्सार प्रक्रिया पूरा गरी बेलहिया नाकाबाट नेपालमा भित्रिएको थियो ।
उक्त बस भदौ ११ गते फर्किने गरी प्रवेश गरेको हो । दुर्घटनामा परेको बसमा सवार यात्रुहरूको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । यूपीको गोरखपुरमा रहेको केसरवानी ट्रभाल्सबाट बुक गरिएको बसमा पर्यटकहरू नेपाल आएका थिए । बसमा सवार यात्रुहरू भारतको महाराष्ट्रको रहेको बताइएको छ ।
उनीहरू भारतको इलाहबादबाट बसमा सवार भएर चित्रकुट धामको दर्शन गरी गोरखपुर हुँदै नेपाल भित्रिएका थिए । ११० जना पर्यटकहरूको नेपाल भ्रमणका लागि केसरवानी ट्राभल्सबाट तीन वटा बस बुक गरिएको थियो। जसमध्ये ४५ सिट संख्या रहेको उक्त एउटा बसको दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार उक्त बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । पर्यटकलाई भैरहवाबाट पोखरा पुर्याएर काठमाडौं ल्याउँदै गर्दा बस सडकबाट मस्र्याङ्दी नदी किनारमा खस्यो । दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने अझै पनि उद्धार कार्य चलिरहेको छ ।
प्रहरीका अनुसार १६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ । बसमा अन्दाजी ४० जना यात्रु रहेका थिए । जसअनुसार अझै १० जना यात्रुहरु बेपत्ता रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार