संरक्षणको पर्खाइमा ऐतिहासिक सम्पदा न्हुँ पोखरी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ ७, २०८१ शुक्रबार १४:५७:२४
७ भदौ, ललितपुर । ललितपुर महानगरपालिका–५ लगनखेलस्थित न्हुँ पोखरीको उचित संरक्षण हुन सकेको छैन । महानगरपालिकाले ऐतिहासिक सम्पदाको पुनःनिर्माण तथा संरक्षणको पहल गरेपनि यहाँका कतिपय सम्पदा अझै व्यवस्थित हुन सकेका छैनन् ।
विसं २०७४ को स्थानीय तह निर्वाचनपछि ललितपुर महानगरपालिका–५ का जनप्रतिनिधिको पहलमा न्हुँ पोखरी सरसफाइ गरिएको थियो । २०७६ सालमा सो पोखरी संरक्षणका लागि गुरुयोजना तयार गरेर काम सुरु गरिएपनि बजेट अभावका कारण हालसम्म सम्पन्न हुन सकेको छैन ।
ललितपुर महानगरपालिका–५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले न्हुँ पोखरी संरक्षणको काम थालिएको बताए । उनले भने, “ऐतिहासिक पोखरी संरक्षणका लागि वडाका तर्फबाट पहल भइरहेको छ । संरक्षणका कामलाई तीव्रता दिनुपर्ने हो, तर प्राविधिक कारणले ढिलाइ भएको छ ।”
मल्लकालीन समयको न्हुँ पोखरी संरक्षण भएमा लगनखेलको सुन्दरता अझ बढ्ने लगनखेलका स्थानीय राजभाई देउला बताउछन् । उनी भन्छन्, “हामी बाल्यकालमा न्हुँ पोखरी छेउमा खेल्ने गथ्र्यौँ । धेरै वर्षसम्म पोखरी सुख्खा थियो । स्थानीयको पहलमा अहिले पानी भरिएपनि संरक्षण हुन सकेको छैन । महानगरले छिटो पोखरी संरक्षण गर्नेतर्फ ध्यान दिनुपर्छ ।” हाल सो पोखरीमा फोहर पानी छ । परिसरमा घाँस उम्रेको छ । पोखरीलाई तारबार गरेर राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन
फागुन ४, २०८१ आइतबार
‘हाम्रो माया घर’ को निर्माणले गति लिँदै
फागुन ४, २०८१ आइतबार
नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने
फागुन ४, २०८१ आइतबार
आइतबार साढे १९ अकले बढ्यो बजारः २७ सय नजिक पुग्यो नेप्से, ९ अर्ब ४७ करोडको कारोबार
फागुन ४, २०८१ आइतबार
भविष्यमा विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिनेछ : प्रधानमन्त्री
फागुन ४, २०८१ आइतबार