म्याग्दीबाट निकासी हुने प्रमुख तरकारी आलु
नेपालबहस संवाददाता
भदौ ७, २०८१ शुक्रबार १५:९:८
७ भदौ, बेनी 'म्याग्दी' । म्याग्दी आलु उत्पादनमा आत्मनिर्भर बनेको छ । यस जिल्लामा हिउँदे र बर्खेगरी दुई याममा आलुको व्यावसायिक खेती हुने गर्छ । जिल्लामा आलुखेतीको विस्तार र व्यावसायिकता बढेसँगै आलुमा जिल्ला आत्मनिर्भर बन्नुका साथै जिल्लाबाट निकासी हुने प्रमुख तरकारीखेतीका रुपमा आलुले स्थान लिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा ३१ हजार चार सय ५० मेट्रिकटन आलु उत्पादन भएको छ । जिल्लामा कूल एक हजार सात सय हेक्टर जमिनमा आलुखेती हुँदै आएको छ । हिउँदे आलु अधिकांश जिल्लामै खपत हुने भए पनि बर्खे आलु भने अधिकांश जिल्ला बाहिर निर्यात हुने गरेको कृषि ज्ञानकेन्द्र म्याग्दीका कार्यालय प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए ।
म्याग्दीको जनसङ्ख्याअनुसार, सरदर वार्षिक तीन हजार तीन सय मेट्रिकटन आलु जिल्लामा खपत हुने र अरु सबै आलु जिल्ला बाहिर निर्यात हुने उनको भनाइ छ । जिल्लाबाट निर्यात हुने कृषिउपजमा आलु प्रमुख स्थानमा आएको छ । जिल्लाबाट धेरै परिमाणमा निर्यात हुने कृषिउपजमा आलु र सुन्तलाले ठूलो हिस्सा ओगटेको छ । जिल्लाको लेकाली क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु स्वादिलो र पोषिलो हुने भएकाले बर्खे आलुमा जिल्ला बाहिरबाट अत्यधिकमात्रामा माग आउने गरेको कृषक बताउँछन् ।
जिल्लाको छवटै स्थानीय तहमा आलुखेती हुने गर्छ । जिल्लाको अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा उत्पादन भएको आलु धेरैजसो पोखराका बजारमा पुग्ने गर्छ ।
सवारीसाधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलुले बजार पाउन थालेको र पछिल्लो समय पोखराका बजारसम्म आलु पुग्ने गरेको अन्नपूर्ण गाउँपालिका– ८ का कृषक खमबहादुर पुनले बताए ।
“कुनै समय आलु बिक्री नभएर कुहिएर जान्थ्यो, आज गाडीबाट गाउँमै आलु खोज्न आउनेहरु पनि छन, बेनी, कुस्मा र पोखरा कृषक आफैँले ढुवानी गरेर बिक्री गर्न पनि लैजाने गर्छौं, उत्पादन भएको आलुको बिक्री नहुने चिन्ता छैन”, उनले भने । आलुखेतीबाट जिल्लाका किसानले नगद आम्दानीसमेत गर्दै आएका छन् ।
आलु अहिले नगदे खेतीका रुपमा विस्तार हुन थालेको छ । एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको म्याग्दीको विभिन्न स्थानमा लगाइएको आलुबाट एक वर्षमा कूल ३१ हजार चार सय ५० मेट्रिकटन आलु उत्पादन गरिएको हो । गण्डकी प्रदेश सरकारले म्याग्दीमा आलुखेतीलाई प्राथमिकतामा राखेर आलुखेतीसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको छ । गत वर्ष सञ्चालन भएको खायन आलु प्रवर्द्धन कार्यक्रममार्फत एक हजार छ सय ८३ दशमलव ९३ मेट्रिकटन आलु उत्पादन भएको थियो ।
खायन आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत करिब एक सय हेक्टर क्षेत्रफलको जमिनमा आलुखेती विस्तार गरिएको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । जिल्लाको पहाडी भेगमा हिउँदे र माथिल्लो उच्च पहाडी क्षेत्रमा बर्खे आलुखेती हुँदै आएको छ । स्थानीयले परम्परागत रुपमा निर्वाहमुखी रुपमा गर्दै आएको आलुखेतीमा स्थानीय र प्रदेश सरकारमार्फत बीउ, मेसिन उपकरण तथा रोगकिरा व्यवस्थापनमा अनुदान र उपचार सेवा पाउन थालेपछि कृषकले आलुखेतीलाई व्यावसायिक बनाउन थालेका छन् ।
अहिले बर्खे आलु बिक्री भइरहेको छ भने आलुको प्रतिकिलो बजार मूल्य ६० देखि ९० रुपैयाँसम्म रहेको छ । जिल्लामा आलुखेतीमा रहेको सम्भावनालाई मध्यनजर गर्दै गण्डकी प्रदेश सरकारले यस वर्ष खायन आलुखेतीका लागि रु एक करोड २० लाख बजेट विनियोजन गरेको छ । कृषि ज्ञानकेन्द्र कार्यालयले सञ्चालन गर्ने कार्यक्रममध्ये यो सबैभन्दा ठूलो बजेट हो ।
यस कार्यक्रमलाई समूह, सहकारीमार्फत जिल्लालाई आलुमा आत्मनिर्भर बनाउनेगरी परिचालन र कार्यान्वयन गर्ने कार्यालयले जनाएको छ । म्याग्दीमा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिकाको वडा नम्बर ९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङेले छोडेको मन्त्रालयमा कांग्रेसका पौडेल नियुक्त
कात्तिक ५, २०८१ सोमबार
बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने
असोज १७, २०८१ बिहिबार
व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार
ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने
कात्तिक १५, २०८१ बिहिबार
जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष प्रचण्ड
कात्तिक १५, २०८१ बिहिबार
जन्मना साथ शिशुका थप चार परीक्षण गरिने
कात्तिक १५, २०८१ बिहिबार