भारत भ्रमणबारे कांग्रेस बैठकमा परराष्ट्रमन्त्री आरजुको ब्रिफिङ, नयाँ सरकारप्रति मोदीको गुनासो छैन
नेपालबहस संवाददाता
भदौ ७, २०८१ शुक्रबार १५:४१:३२
७ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको औपचारिक भ्रमणबारे पार्टी केन्द्रीय समिति बैठकलाई जानकारी गराएकी छन् । उनले शुक्रबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा भारत भ्रमणबारे ब्रिफिङ गरेकी हुन् । आरजुले गत आइतबारदेखि बिहीबारसम्म भारतको औपचारिक भ्रमण गरेकी थिइन् ।
बैठकमा उनले नेपाल सरकार र नेपाल भारत सम्बन्ध विस्तारका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक रहेको बताइन् । कांग्रेस र एमाले मिलेर बनाएको सरकारप्रति भारतको रेस्पोन्स राम्रो रहेको उनले बताइन् । परराष्ट्र मन्त्री राणाले भदौ ३ गते भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् । नेपालको विकासमा सहयोग गर्न तयार रहेको भारतीय प्रधानमन्त्री मोदीको भनाइ रहेको मन्त्री राणाले जानकारी गराइन् ।
परराष्ट्र मन्त्री राणाले प्रधानमन्त्री केपी शर्माका तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको र उपयुक्त समयमा मोदी नेपाल भ्रमणमा आउने जानकारी पाएको उनले बताइन् । सोही दिन उनले भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेकी थिइन् । भारतीय विदेश मन्त्री जयशंकरको निम्तोमा परराष्ट्र मन्त्री राणाले भारको भ्रमण गरेकी थिइन् ।
नेपालको विकासका गति अगाडि बढ्ने भारतीय पक्षको विश्वास पाएको उनले सुनाइन् । नेपाल भ्रमणमा रहेका चिनियाँ मन्त्रीसँग शुक्रबार भेट भएको पनि उनले जानकारी गराइन् । ‘बीआरआईको मोडालिटीबारे कुरा गर्न खोज्नु भएको रहेछ, मैले हाम्रो पार्टीको यस्तो–यस्तो छ । हामीले पास गरेर दिइसकेका छौं । मोडालिटी के हुनसक्छ भन्छौं भनेको छु,’ परराष्ट्रमन्त्री देउवाले केन्द्रीय कार्यसमिति बैठकमा भनिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार