मुस्ताङको थसाङ-२ मा हिमपहिरो, ९ घरका परिवारलाई सारियो सुरक्षित स्थान
नेपालबहस संवाददाता
भदौ ७, २०८१ शुक्रबार १६:२:२८
७ भदौ, काठमाडौं । मुस्ताङमा हिमपहिरो गएको छ । मुस्ताङ, थसाङ गाउँपालिका वडा नम्बर २ कोबाङमा हिमपहिरो खसेको हो । हिमपहिरो आएर बोक्से खोला थुनिएको मुस्ताङमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । उनले दिउँसो दुई बजे बोक्से खोला थुनिएको जानकारी आएको र टोली गएर हेर्दा हिमपहिरो खसेर खोला थुनिएको देखिएको बताए ।
उनले पूरै हिमपहिरो तल नखसे पनि नदीचाहिँ थुनिएको बताए । बोक्से म्याग्दीबाट जोमसोम नपुग्दै वरै पर्छ । खोलाको तटीय क्षेत्रमा ९ घरहरू रहेको उनीहरूलाई सुरक्षित स्थानमा जान भनिसकिएको पन्तले जानकारी दिए । खोला थुनिएपछि तीनवटै सुरक्षा निकायलाई सतर्क राखिएको पनि प्रजिअ पन्तले बताए ।
१३ः४५ बजे मुस्ताङ थासाङ गापा २ गुर्सा स्थित बोक्सिखोलामा माथिबाट हिउको ढिस्को खसेर खोला थुनिएको जानकारी प्राप्त भए पश्चात नं. ३३ गुल्म मुस्ताङबाट सप्रनाउको कमाण्डमा १५ जनाको टोली खटिएको छ ।
हेर्नुस् भिडियोमा हिमपहिरोले थुनिएको बोक्सीखोला
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार