मुग्लिन-नारायणगढ सडकखण्डको सत्रकिलोमा भीरबाट खसेको ढुंगा लागेर बस पल्टियो, २५ जना यात्रु घाइते
नेपालबहस संवाददाता
भदौ ७, २०८१ शुक्रबार १६:१६:५३
७ भदौ, काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सत्रकिलोमा भीरबाट ढुंगा खसेर लाग्दा यात्रु बस पल्टिएको छ । २५ जना यात्रु घाइते भएका छन् । रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि शुक्रबार दिउँसो २ बजेतिर ढुंगा खसेको थियो । त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो ।
मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीका बस दर्घटनामा परी २५ जना यात्रुहरू घाइते भएका छन् । घाइते हुनेहरूमा बारा निजगढ–८का २६ वर्षीया सबिना थापा, रौतहट कटहरिया–१ का २५ वर्षीय सिनोज दास, रौतहट मंगलपुर–८ का २० वर्षीय लालबाबु दास, रौतहटकै वृन्दावन–६का २२ वर्षीय विक्रम दास, बसका सहचालक बारा निजगढ–५ का ४३ वर्षीय अर्जुन चौलागाइ, रौतहट गरूडा–४का २० वर्षीय पवन साह र गरूडा–७ बस्ने १५ वर्षीय अनोस साह छन् ।
यस्तै रौतहट चपुर–८ का ४६ वर्षीय जनक नारायण चौधरी र उनका छोरा १८ वर्षीय इनद्रजित चौधरी, रौतहट गौर–२ का १७ वर्षीया सन्ध्या साह, चितवन भरतपुर महानगर–२९ बस्ने २७ वर्षीया पूजा न्यौपाने, भरतपुर–२९ कै ४८ वर्षीया मनरूपा न्यौपाने र कास्कीको पोखरा महानगर–१७ का ४० वर्षीया सावित्री थापा मगर रहेका छन् । उनीहरूको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
रौतहटको वृन्दावन– ६ बस्ने २२ वर्षीय दिनानाथ दास, रौतहटको परोहा–७ बस्ने ३४ वर्षीय मो.खैयाज, , रौतहटको वृन्दावन–६ बस्ने १७ वर्षीय नौराज कुमार साह, रौतहटको गौर–५ बस्ने ५० वर्षीय नबिन कुमार केसरी, रौतहटको वृन्दावन–६ बस्ने १८ वर्षिय अजय कुमार दास, बाराको जितपुर सिमरा–१ का २४ वर्षीया उन्नती उपाध्याय र उनका श्रीमान अनदीप धिमाल रहेका छन् । उनीहरूको अवस्था मध्यम रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
रौतहटको गढीमाई–६का ४८ वर्षीय शैलेन्द्र यादव, शैलेन्द्र यादवकी १८ वर्षीय छोरी अर्चना यादव, रौतहटको गौर–९का २१ वर्षीया ढली ठाकुर र उनकी बहिना २० वर्षीया दिव्या ठाकुर सामान्उ घाइते भएकी छिन् । उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार