आँबुखैरेनी बस दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, १२ जना घाइतेको टिचिङमा उपचार
नेपालबहस संवाददाता
भदौ ७, २०८१ शुक्रबार १६:४४:१६
७ भदौ, दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मस्र्याङ्दी नदीमा खस्दा मृत्यु हुनेको संख्या २० पुगेको छ । शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मस्र्याङ्दी नदीमा खसेको थियो ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको र बसमा भारतीय पर्यटकहरु सवार रहेका थिए । प्रहरीका अनुसार दुर्घटनास्थलबाट अहिलेसम्म २० जनाको शव निकालिएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले १२ जना घाइतेको उपचार टिचिङ अस्पताल काठमाडौँमा र ९ जनाको उपचार स्थानीय अस्पताल आँबुखैरेनीमा उपचार भइरहेको जानकारी दिएका छन् । घाइते १२ जनालाई नेपाली सेनाको हेलिकप्टरले काठमाडौँ पुर्याएर टिचिङमा उपचार सुरु भएको छ ।
शुक्रबार बिहान पोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार ४३ मध्ये २० जनाको मृत्यु भइसकेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको हो । बसमा सवार १६ वर्षीय सदना सुहास घाइते भइ आँबुखैरेनी अस्पतालबाट चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएकोमा दिउँसो ३ बजेर २६ मिनेटमा उनलाई मृत घोषणा गरियो ।
दुर्घटनामा पर्नेहरूको सूची यस्तो छ:
अनंत ओंकर ईंगके, सिमा ईंगदे, सुहास राणे, शरण राणे, चंदना राणे, सुधाकर जावके, रोहिणी जावके, विजया कुडु जावके, भारती प्रकाश जावके, सागर जावके, तुल्सीराम तायडे, शरण तायडे, भंगरण राणे, प्रकश कोखी, रेखा कोखी, संदिप सरोडे,, पसवी सरोडे, गोकर्णी सरोडे, हेमराज सरोडे, रुपाक्षी सरोडे, अनुप सरोडे, गणेश भांरबे, मिलन भांरवे, सुलभा भांरवे, बिजसा जावसे, भारती भिरुक, शारदा पाटीह, नित्ठोमा जावरे, कुमुदिनी झाँवर, धानेन्दधर बोड, आशा बोड, आशा बावस्कर, आशाखा पांडुरंग, सुनिस धाँडे, सरोज भिरुड, पंकज भंगादे र वर्षा भंगादे लगायत।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार